प्यारागन स्कुलका दोषीलाई कार्वाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौ जिल्लाले काठमाडौको गौशाला स्थित प्यारागन स्कुल प्रशासनलाई कार्वाही गर्ने चेतावनी दिएको छ । प्यारागन स्कुल प्रशासनले अभिभावक र सञ्चारकर्मि माथि दुव्र्यवहार गरेको प्रति अखिल क्रान्तिकारी काठमाडौ जिल्ला अध्यक्ष गोभिन्द बिष्टले विज्ञप्ति मार्फत सोमबार भएको उक्त घटना प्रति आपत्ति प्रकट गरेका छन् ।

अध्यक्ष बिष्टले देशभर कोरोना महामारीले आम नागरिकलाई हातमुख जोर्न समेत समस्या भैरहेको अवस्थामा विभिन्न शिर्षकमा शुल्क वृद्धि गरेको, यसबारे बिद्यार्थि अभिभावकले स्कुल प्रशासनसँग कुरा गर्न खोज्दा वेवास्ता गरेको र उल्टै गुण्डा प्रयोग गरेर आक्रमण गरेको भन्दै दोषी माथि कडा कार्वाही र पिडितहरुलाई उचित क्षतिपुर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेका छन् । अन्यथा संगठनले सडकबाटै दोषीलाई कार्वाही गर्ने चेतावनी समेत दिएका छन् ।

हेर्नुस विज्ञप्ति

You can share this post!