पछिल्लाे एघार महिनामा एक खर्ब २१ अर्ब बराबरको निर्यात

काठमाडाैं – चालु आर्थिक वर्ष २०७७÷७८ को एघार महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो समय आयात सगैँ निर्यातमा बृद्धि हुन थालेको हो। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनाको (साउदेखि जेठसम्म) तथ्याङ्कअनुसार यस अवधिमा रु एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो। गत वर्षको सोही अवधिमा रु ८८ अर्ब ३१ लाख बराबरको वस्तु निर्यात भएको थियो।

यसैगरी एघार महिनामा रु १३ अर्ब ८३ अर्ब ३६ करोड ४९ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ। गत आवको सोही अबधिको तुलनामा २५ दशमलव ६७ प्रतिशतले आयातमा बृद्धि भएको छ। गत आवमा सोही अबधिमा रु एघार खर्ब ८१ करोड ३४ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो।

You can share this post!