काईट कन्सलटेन्सीले गर्यो काईट एजुकेशन केअर कार्यक्रमको सुरुवात

 काठमाडौ – काईट कन्सलटेन्सिले शनिवार एक भर्चुअल कार्यक्रम मार्फत एजुकेशन केअर कार्यक्रमको शुभारम्भ गरेको छ । विगत १ दशक यता शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान दिदै आइरहेको काईट कन्सिलटेन्सिले आफ्नो दायरालाई फराकिलो बनाउने लक्ष्य सहित वर्तमान परिवेश अनुकुलको शिक्षा प्रवाह गर्ने अठोट लिएको छ ।
कोरोना महामारीले निम्त्याएको महासंकटका कारण अर्थ उपार्जनका माध्यमहरु प्राय ठप्प भएको बेला सेयर बजार भने सक्रिय नै रहेको थियो । क्रमिक रुपमा अन्य कार्यक्रम गर्ने उद्देश्य सहित तत्कालको लागि यहि श्रावण १२ गते देखि सेयर मार्केट सम्बन्धि २५ घण्टे भर्चुअल कार्यक्रमको थालनी गर्ने गरी शनिवार मात्रै उक्त कार्यक्रमको सुभारम्भ गरेको काईट कन्सलटेन्सिका चेयर पर्सन हेमराज साउदले जानकारी गराए ।
सेयर बजारमा लगानी कर्ताको आकर्षण बढीरहेको भएता पनि सेयर बजारको बारेमा विस्तृत जानकारी नगरेरै लगानी गर्ने र अन्तमा लगानी डुब्ने खतरा नेपाली सेयर बजारका लगानी कर्ताको रहेकोले वास्तविक रुपमा सेयर बजारको ज्ञान हासिल गरेर मात्र लगानी गर्नुपर्छ भन्ने सन्देश दिनको लागि नै आफुहरुले यो कार्यक्रमको थालनी गरेको चेयर पर्सन साउदले बताए । मंगलबार देखि सुरु हुने सेयर बजार सम्बन्धि भर्चुअल कार्यक्रममा सेयर बजारमा विगत लामो समय देखि काम गरेका विज्ञहरुले प्रशिक्षण दिने पनि जानकारी गराएका छन् ।
कार्यक्रमका थप तस्वीरहरू
No description available.
No description available.

You can share this post!