सजग भएर लगानी गर्न धिताेपत्र बाेर्डकाे लगानीकर्तालाइ अाग्रह

काठमाडौं – धितोपत्र बोर्डले सजग भई लगानी गर्न आग्रह गरेको छ । पछिल्लो समय सेयर बजार विस्तार भइरहेको छ । यस्तो बेला लगानीकर्ताहरुले सम्बद्ध कम्पनीको वित्तीय अवस्था अध्ययनमा विशेष ध्यान दिनुपर्ने बोर्डको भनाई छ । कम्पनीको प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, नेटवर्थ लगायतका पक्षमा ध्यान दिनुपर्ने बोर्डको भनाई छ । यसैगरी, पछिल्लो समय सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भएको लगायतका गुनासाहरु प्राप्त भएको र त्यसमा छानबिनसमेत सुरु भएको बोर्डको दाबी छ ।

यसर्थ, धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेका यस्ता क्रियाकलापमा संलग्न नहुन पनि उसले सजग गराएको छ । लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमतालाई समेत ख्याल गर्न बोर्डले विज्ञप्तिमार्फत जानकारी गराएको छ । हाल ९०% भन्दा बढी कारोबार अनलाइनमार्फत हुने गरेको छ ।

You can share this post!