लेटरप्याडको नक्कली श्रद्धाञ्जलीले मेरो घर रोयो रे

कविता

लक्ष्मण चौलागाईं विद्रोही

मैले के बिराएं र मेरो सुशासन

म बाट भएको थियो र

कुनै जन दमन म मात्रै एउटा

आस्थाको सिपाही सुकुम्बासी र दिनहिनको

सुदिनमा यात्रारत् थिएं

दुईसाल पहिला मेरो भौतिक शरीर

जो मेरो देशको शासकलाई बढी भो

पैतालाबाट गोली ठोक्दा

मेरो टाउको बाट गोली

निकाल्ने खाले सफाया

मैले लगाएको जुत्ता खोलेर

घुंडामा गोली पुग्ने किसिमको थियो

अनि टाउकोमा गोली ठोकियो

नि:शस्त्र म (कुमार पौडेल)

आफ्नै रगतको पोखरीमा

क्षणभरमा निभें/

मेरो भौतिक शरीर ढालिएपछी

मुठभेड र भिडन्त भन्दै

मलाई दोषी करार गराइदिने

गणतन्त्रको खबर सुनें

मेरा साथीहरुले मेरो हत्या भुल्दै गए रे

जनक्रान्तिका प्रिय झणडाबाहक

मेरो हत्यामा संलग्न

एक जना खेतालाको निलम्बन गर्यो भन्दै

नेतागिरी देखायो रे

मलाई ओढाइएको झण्डाको

केन्द्रिय लेटरप्याड् म पार्टीको लागि होइन

देश र जनताको लागि लडेको

लेटरप्याडको हस्ताक्षर तिमिलाई के थाहा

मेरा मुद्दा तिमिलाई के थाहा

म ढलेको दिन आसुको समुन्द्र

नि:शस्त्र म आफ्नै रगतको पोखरीमा

क्षणभरमा निभें नि मेरो रगत रन्जित

रातो लेटरप्याड एउटा

अप्रिय ज्योती शासकको आखामा थिएं

तिम्रो लेटरप्याडको नक्कली श्रद्धाञ्जलीले

मेरो घर रोयो म विक्षिप्त भएं

प्रिय् जनक्रान्ती नभुल्नु है कसैले,

तर सुकुम्बासी र दिनहिनको आखामा

मेरो अभाव हरेक जन्ममा बलिदान दिन

आउने मेरो अल्पायुको निन्द्रा बाट

समाप्त भएको मेरो जन्मस्थल

र देशभरिका जनताको लागि

म जन्मेको र ढलेको हुँ

प्रिय् सुशासन ! मैले जनताको लागि बोल्दा

मेरा सपनाहरुका हत्याका अपराध गर्दै

मुठभेडमा छोप्न बनेका होइनन्

ती काला मान्छेहरु बस्ने सेता सिंहदरबार

सिंहदरबारले समेत सहन गर्न नसकेको

म मेरो दोश्रो स्मृतिमा

मेरो अपमान मेरो दिदी लक्ष्मी र भाई

हरिप्रतिको खेद शहिद भन्दा

पार्टीको नेताको सेल्युट

यस्तै खबरले म झन बढी चर्चामा आएछु

म चर्चा र लोकपि्रयताको लागि जन्मेको

र ढलेको होइन

मेरो तातो रगत लत्पतिएको

लेटर प्याड न्याय माग्न मेरि ७२ वर्षीया आमा

दुर्गादेवी हिड्दैछिन् रे

न्याय माग्ने क्रममा मेरो घर

असहायतन्त्रको सिकार भएको छ रे

म सुत्ने फलैचाबाट मेरो भाइ हरिकृष्णले

म जस्ता थुप्रै कुमारहरुको न्यायको लागि

राती र बिहान मेरो नाम लिदै

स्ट्याटस सन्देश प्रवाह गर्दा कति अपमान सहन्छ रे

मेरो हरि भाई धरधरी रुन्छिन् रे

मेरि लक्ष्मी दिदी टुलुटुलु हेरिरहन्छ रे

मैले बोकेको एकीकृत जनक्रान्तिको झन्डाले

मेरो घरको शोकाकूल समयलाई

दादागिरी देखायो रे

 

मेरो दोश्रो स्मृति शोकमा डुबेको मेरो घरले

बलिदान भन्दा नेतागिरी हावी बन्दै आयो रे

मलाई नक्कली श्रद्धाञ्जली दिदै

क्रान्तिको लेटरप्याड मलाई हत्या गराउनेहरुलाई

सहानुभूति र सद्भाव लिएर आयो रे !!

 

लेखकका निजी विचार हुन्

You can share this post!