चर्चित गायक सन्सार धामीको “छोरो बिग्रीयो दारुले” गित सार्वजनिक (भिडियो सहित)

काठमाडौ –चर्चित गायक सन्सार धामीको आवाजमा रहेको DJ गितमा के एस सोनीको शब्द रहेको छोरो बिग्रीयो दारुले नामक गित sansar dhami youtube Channel  मार्फत शनिवार सार्वजनिक भएको छ ।

पुकार डि सि को निर्देशन, प्रदिप एस के को कोरिओग्राफर, पदम विश्वकर्मा को सम्पादन रहेको उक्त गितमा  चर्चित र्यापर जगत तिरुवाको र्याप रहेकोछ भने म्युजिक गायक धामीको नै रहेको छ ।

मुख्य भुमिकामा सुरु ताम्राकार र दिव्या भुलले अभिनय गरेका छन् । यस गितमा डान्सर चन्दु ताम्राकार, बि व्वाई रोशन, ललित एस के, विक्रम सुनार, अन्जलि अहिरे र प्रियान्सु सुनारले समेत आफ्नो कला प्रस्तुत गरेका छन् ।

पछिल्लो समयमा दर्जनौ गितमा आवाज दिएर निकै चर्चामा रहेका गायक धामीको “छोरो बिग्रीयो दारुले” DJ गित समाजमा रहेका घटनामा आधारित छ ।

Shotby_92 ले Production गरेको उक्त गितलाई डफ्फोडिल्स कान्दिवलि वेस्ट मुम्बई मा छायाँकन गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्……!

You can share this post!