१८ अाैँ पटक मन्त्रिपरिषद विस्तार थपिए १२ जना मन्त्री, कसलाई कुन मन्त्रालय ?

काठमाडाै – प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको मन्त्रिमण्डलमा १२ जना नयाँ मन्त्री थपिएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहणसमेत गरेका छन् । जनता समाजवादी पार्टीका १० र नेकपा एमालेबाट दुई जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन :

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव : श्रम तथा रोजगार
उमाशंकर अरगरिया : पर्यटनमन्त्री
लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

You can share this post!