नेकपा काठमाडौ महानगर समितिको भर्चुअल मिटिङ सम्पन्न

काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी काठमाडौ जिल्ला अन्तर्गत महानगर समितिको बैठकले कोरोना परीक्षण, आइसोलेसन र उपचारमा सहजीकरण तथा संकट व्यवस्थापन गर्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न बैठकले पहिलो प्राथमिकता सहिद परिवार, घाइते र पुर्णकालिन नेता कार्यकर्ता राखेर सहजीकरण गर्ने निर्णय गरेको हो । महानगर समितिका इन्चार्ज सौगाताको अध्यक्षतामा बसेको बैठकमा सबैले आआफ्नो कार्यक्षेत्रको रिपोर्ट गरेका थिए । भर्चुअल माध्यमबाट सम्पन्न बैठकले पार्टीमा आवद्ध कसैलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए, परिक्षण गर्नुृ परेमा तथा उपचार गर्नुपर्ने अवस्थामा सहजीकरण गर्ने निर्णय गरेको इन्जार्च सौगातले जानकारी दिए ।

त्यसैगरी जारी निषेधाज्ञाको कारण समस्यामा परेका नेता कार्यकर्तासँगै समर्थक शुभचिन्तक र आम नागरिकलाई व्यवस्थापनमा सहजीकरणको लागि भुमिका खेल्ने बैठकले निर्णय गरेको छ । जनवर्गीय संगठनहरुले सापेक्षतामा राजनैतिक वैचारिक प्रशिक्षण चलाउने निर्णय गर्दै संयोजक र अध्यक्षलाई जिम्मा पनि दिइएको छ । पार्टीले उठाएका जनजिवीकाका सवाल, जनतन्त्रका सवाल र राष्ट्रियताका सवालमा सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसार गर्नुको साथै पार्टीले विभिन्न बैठकमा तय गरेकमा नाराहरुलाई पनि व्यापकतामा प्रचारप्रसार गर्ने निर्णय समेत बैठकले गरेको थियो ।

त्यस्तै असफल संसदीय व्यवस्था र वैज्ञानिक समाजवादको अपरिहार्यता बारेमा व्यापक बहस चलाउने निर्णय गरेको समेत जानकारी दिए । बैठकमा प्रमुख अतिथिको रुपमा सहभागी पार्टीका केन्द्रिय नेता जीवनले पार्टी निर्णयलाई कार्यन्वयन गर्न निर्देशन दिएका थिए ।

 

You can share this post!