नेपाल आखिर नेपाल नै हो

जाजरकोट कुशे सन्दर्भ घायल

त्यो व्यवस्थामा लुटेर खाने व्यवस्था अनिवार्य अन्त्य हुनुपर्छ । नेपाल नेपाल नै रहन्छ फरक त्यहाँ भित्रिएको गलत व्यवस्था र सस्कार अन्त्य हुनुपर्छ अनि मात्र नेपाल नेपाल नै हुनेछ। सत्यलाई मनन गर्न नसक्नु पर्छ । र असत्यको वाटो हिड्नुले नेपाल पछाडि परेको छ विकासको साटो बिनास तर्फ देशलाई धकलियो । नेता गिरि देखि कर्मचारी तन्त्र हुदै ब्यापारी सम्मका जमात आफ्नै सेवाग्राही जनता संग लुकामारी खेल्न पल्केका मात्रै छन् । त्यो व्यवस्थामा पैसाको त नाम नै सुन्नु हुदैन कुन बेला कसलाई लुट्ने र कसलाई भुट्ने खेल होडबाजी आफ्नो भागमा के कति बाडि चुडी खाने हो भन्ने मात्र सपना छ त्यो बिचौलिया व्यवस्थामा हिसाब किताब आगाडी नै सुरु हुन्छ ।

लुटी खानेहरु मौलाएको छ देश ब्याच लुटी बिग्क्री गर्ने नेपाल चिनिने भएको छ । जहाँ कानुनलाई समेत प्यारालाईज गराईएको छ हेर्दा हेर्दै भारतको नाममा बिहार सप्रिएर विकासको नागरिकता गतिमा उन्मुख छ । त्यो सानों भुटानले कति लामों आर्थिक फटको मारी सक्यो । तर नेपाल भने जहि को त्यही थेच्चिएको छ, थन्किएको छ । संविधानको भूत देखाई भिखारी झै बिदेशी संग घुडा टेक्न वाध्य छन त्यो व्यवस्थाको अन्त्य हुनुपर्छ देश विकासमा लगाउनु पर्ने युवा शक्तीको श्रम वेची जेनतेन अर्थतन्त्र चलाउदै आएको कुरा घाम झै छर्लङ्ग छ । सबै नेपाली विदेशीन बाध्य छन युवा आज आफ्नो जन्मभूमि कै चुलो सल्काउन ठूलो योगदान तथा त्याग गरेका छन। यीनले कहिल्यै विद्यमान गणतन्त्रको न्यानो ममता पाएनन बरू यीनलाई सदैव अपमान र विवेध गरियो ।

नेपाल गणतन्त्र वाट फटाहातन्त्र तर्फ उन्मुख भएकोमा चिन्ता गर्नै प्रशस्तै भेटिन्छन । आफ्नो जन्मभूमि कसलाई पो प्यारों हुदैन र जहॉ बसे पनि नेपालीपन र नेपाली मन कहिल्यै पनी हटदैन । के यी विदेशीन वाध्य युवालाई आफ्नो जन्मभूमिको विकास र समृद्धिको कामना र चिन्ता गर्ने हक र अधिकार छैन । एउटा नागरिक जो देश कै असफलताले विदेशीन वाध्य भयो । जस्ले अनेकौ जोखिमपूर्ण काम गरि आफ्नो श्रम बेची त्यही देशको चुलो सल्काउने ज़िम्मा लिएको छ । त्यसलाई किन सौतेनी ब्यवहार गरिन्छ । यी ईमान्दारीपूर्वक काम गर्ने युवाले आफ्नो जन्मभूमि प्रती चिन्ता गर्दा अनेकौ आक्षेप लगाईन्छ ।

बेला बेला नेताहरूले बेलगामी हावा गफ र भाषणमा मात्र सिमित छन घोडा झै यीनलाई विदेशमा वसेर हैन स्वदेशमा आएर देशको चिन्ता गर भन्ने पनि गर्छन । यी युवा शक्तिले आफ्नो जन्मभूमिको उन्नती र प्रगतिका लागी अतुलनीय योगदान गरेका छन । जस्ले लगानी गर्छ उस्ले आफ्नो लगानीको हिसाव पनी खोज्छ। जस्को कमाईको आमदानी र दानापानीले वोल्ने शक्ति आएको छ। त्यो भुली वा नवुझी यी ईमान्दार देश भक्त युवाहरूको त्याग र भावना माथी प्रहार गरि यीनको योगदानको अवमुल्यन नगरियोस । विदेशमा बसी सदैव आफ्नो जन्मभूमिको सपना देख्ने यी महान युवालाई मेरो हृदय देखि आत्मसम्मान र भावनात्मक जाेशिलो सलाम छ ।

You can share this post!