गणतन्त्र दिवशकाे सार्थकता

✍️ तुफान सिंह कालिकोटे 

आज गणतन्त्र दिबस मनाई राख्दा एउटा् कुराले असाध्य पिरली रर्यो जो हिजो नेपालमा राजतन्त्रको अन्त्य सङ्गै गणतन्त्र ल्याउन अफ्नो जिबन बलिदान दिने ती वीर योद्धा अनि बाच्न सफल हजारौं योद्धा आज बेबारिसे छन जो हिजो गणतन्त्रको बिरोध गर्दै हिन्नेहरु आज गणतन्त्रको मालिक अथवा हिस्सेदार भएको देख्दा अचम्म लाग्छ सायद यो हाम्रो आफ्नै पहि केही कमजोरी देख्छु जो हामी आज अलक अलक लाईनमा छौँ यो सबै जिम्मेवारी माओवादी लिडरहरुले लिनु पर्छ ।

आखिर मालिक त तिनै भए जो हिजो पनिथिए आज पनि यो अबस्था आईपुग्नु एउटा् माओवादी आन्दोलनको ठुलै क्षेदि हो जसले आज ती भ्रष्टाचारिहरुले प्रोत्साहन पाईरहेका छन हामी आज यो त्यो भन्दै एक अर्कोलाई घोचिरहेका छौ हामीले ल्याएको गणतन्त्रहो तर आज हामीलाई खोई अनुभुती भएको हामीलाई उल्लु भन्नेहरु आज चौडा छाती गर्दै हिनेको देख्दा हिन्ताबोध हुन्छ खोइ गणतन्त्र कस्कालागी आयो त तिनै दलाल, भ्रष्टाचार घुसखोरी ,तस्करी गर्नेहरुकै लागि रैछ ।

हामीले त कुनै तेस्को स्वाद सम्म लिन सकेनौ चारैतिर आफ्नै आफ्नै तरिकाले गणतन्त्र दिबस मनाउदै गर्दा ती घाइते अपांग अहिले पनि जीवन मरणको भिग माग्दै हिन्ने ती वीर योद्धालाई खोइ गणतन्त्रको भान भएको सिमित दलालहरुलाई आयो गणतन्त्र आज हजारौं योद्धा खाडिको ६५% को घाममा आग्नो छाक टार्नकै लागि बिदेशी गल्ली गल्लिमा भौतारी रहदा तिमीहरूलाई लाज लागेन है आज गणतन्त्रको नारा लगाउदै मनाउदै छौं होसियार ।

२४० बर्ष राजतन्त्रको अन्त्य र गणतन्त्र ल्याउन अहम् भुमिका खेल्ने हरुलाई आज सौतेनी ब्यबहार गर्दै छौ हेक्का रहोस् तिमीहरूलाई यो उपलब्धिको हिस्सेदार तिमी होइन्न हामी हौं तिमी त कुनै होटलमा कडाइ सुरक्षा बिना पिसाब सम्म फेर्न जाँदैन थियोे अनि गणतन्त्रको बारे गरेका प्रस्न्न को विभिन्न तर्क दिदै हिन्ने तिमी आज गणतन्त्रकै मालिक भन्न लाज लाग्नु पर्ने होइन ।

हुन त कथित संसदिय राजनीति भनेकै नैतिकता हिन राजनीति हो तेसैको फाईदा तिमीहरुले उठाएका छौ एक दिन त्यो हिसाब् किताब जनताको ठाउबाट हुन्छ ढिलो चाडो समयले बताईहाल्छ दलालहरु तिम्रो कालो कर्तुत तिमीहरू गणतन्त्र बिरोधिहरु हौं आज तेसैमा तिम्रो रोजिरोटी भएको छ हामी चाहन्नौ फेरि पनि यो देशले युद्धको घोषणा गर्ने दिन आउनु हुदैन गरिब निमुखाले सास्तीले बाच्ने अधिकार पाउनु पर्छ यो आमूल परिवर्तनको खातिर आफ्नो ज्यान गुमाउनु हुने र घाइते योद्धाको सम्मान हुनु पर्छ अनि मात्रै ती योद्धाले गणतन्त्र नेपालको अनुभुती गर्न पाउछन ।

नेपालमा गणतन्त्र आउँछ भन्नु बएल गाडा चडेर अमेरिका जानू जस्तै हो भन्ने कथित केपि ओलिलाई अलि कति पनि लाज श्रम भन्ने छैन है अहिले उहीँ ठुलो हिस्सेदार छ जो गणतन्त्रको अहिले आएर म जस्तै हजारौं योद्धाको सहभागितामा ल्याएको गणतन्त्रमा दलालहरु मालिक भएका छ्न ती योद्धा हरु दास …. होसियार दलालहरु । अब गणतन्त्रको रक्षा गर्न बाकी जिबन बलिदान दिन तयारी छौ तिम्रो रजाइँ हुन दिन्नौ ।

You can share this post!