२८ बर्ष वितिसक्दा पनि किन क.मदनको हत्याबारे छानविन हुन सकेन ?

– कुमार क्षेत्री

आज जेठ ३, अथवा एक सच्चा कम्युनिष्ट विचार पद्धति र जनता, राष्ट्रप्रति अथाह वफादार जननेता कमरेड मदन र कमरेड जिवराज आश्रितको हत्या भएको एक कालो दिन ! ठिक आजको दिननै कमरेड मदन र जिवराजको विभत्स हत्या भएको दुःखद दिन, सच्चा कम्युनिष्ट विचार पद्धति वा मुल्य मान्यतामा प्रतिवद्ध जनता र राष्ट्रप्रति अतुलनिय चेस्टा राख्ने कमरेड मदन र क. जिवराजप्रति हार्दिक श्रद्धासुमन ! साथै सहिद कमरेडहरुमा उच्च सम्मान तथा सम्झना सहित रातो सलाम ✊

ठिक आजको दिन पोखराबाट बाट फर्किने क्रममा चितवनको दासढुंगामा भुस थुपारिएको छेउबाट कमरेड मदन बसेको बा. अ.च.८७२३ नम्बरमा रहेको जिव छिनमै त्रिसुलीमा खसेको कुरालाई इतिहासले हामिलाई देखाउँछ । उक्त घटनामा कमरेड जिवराजको सव सोहि जिवमा फेला त्यहि दिन परेको थियो भने कमरेड मदन भण्डारीको सब नारायणीको भंगालोमा दुईदिन पछि मात्र फेला परेको थियो । जुन कुरा हामिले थुप्रै लेख रचना र इतिहासका पन्नाहरुमा कैद रहेको भेटाउन सक्छौं । घटना या कसैबाट गराइएको थियो या हल्लाको सन्नाटा मात्र थियो तर त्यसको महत्वपूर्ण प्रमाण सोहि गाडिका चालक अमर लामा थिए ।

अमर लामालाई केपि ओलिको नेत्तृत्वमा गठन गरिएको छानबिन आयोग प्रतिवेदनले होला सायद जेलमा थुनियो । तर चालक लामा पनि जेलबाट रिहा भएलगत्तै मृत्युको सिकार हुन पुगे । सायद ठोस एक महत्वपूर्ण प्रमाण लामाको मृत्युपछि उक्त घटनाको उपयुक्त छानविन हुन सकेन् । फलस्वरूप घटना घटाउने पक्षका लागी फाइदाको विषय बन्न पुग्यो । विडम्बना, कमरेड मदन र जिवराज आश्रितको हत्या भएको आज २८ वर्ष वितिसक्दा पनि कमरेड मदन र जिवराज आश्रितको हत्या बारे कुनै ठोस प्रमाण जनतामाझ आउन सकेन् । सहिद कमरेडहरुले आजसम्म न्याय पाएनन् बरु उल्टै विदेशी शक्तिकाे आडमा दम्भित दलाल प्रतिक्रियावादीहरुले सत्तामा रहेर हत्या अनुसन्धान आयोगको नाममा करोडौं रुपैयामा सुखविलास र अमनचयनको जिवन व्यतित गर्न हिच्किचाएनन् ।

कमरेड मदनको जबजको नियम,विचार एजेण्डा लाई कौडिमा लिलाम गरेर सत्तामा रजाई गरेर बसिरहेका छन् । कुनै बेला कमरेड मदनले भारतको पुरानो राजधानी कोलकातामा एउटा भाषण गर्दा थुप्रै विदेशी शक्तिहरुले यसले त एसिया महादेशलाई नै कम्युनिष्ट बनाउँछ,यसलाई जसरी भएपनि सिध्याउनुपर्छ भन्ने दुस्साहस गरे।सोहि दुस्साहस अनुसार प्रखर वक्ता कमरेड मदन र जिवराज को हत्या भएको एतिहास जिवित नै छ । उक्त कुरा सर्वसत्तावादी अथवा कमरेड मदनकी पत्नि विध्यालाई समेत अवगत नभएको भन्ने होइन् । आफ्नो श्रीमानको हत्या प्रकरणलाई सिघ्र सार्वजनिक गरेर दोषिलाई कानुनको दायरामा उपस्थित गराएर उपयुक्त किसिमको दण्ड दिलाउँछु भनेर जनताको जनस्तरबाट हिडेकी विध्या स्वयम् आज सत्ताको कुर्सिमा रमाइरहेकी छन् ।

केपि ओलिको नेत्तृत्वमा गठन गरिएको छानबिन आयोग तथा अनुसन्धान आयोगको प्रतिवेदनले स्वयम् विध्यादेवि राष्ट्रपति हुदा पनि किन मदनको हत्याबारे ठोस प्रमाण जुटाउन असफल भयो ? किन कमरेड मदन र क.जिवराजको हत्यारालाई कानुनको दायरामा उपस्थित गराउन सकिएन ? के कति कारणले कमरेड मदन र जिवराज को हत्याराहरुलाई यो देशको प्रशासनिक अङ्ग तथा केपि अोलिको नेतृत्वमा गठित अनुसन्धान तथा छानविन आयोगको प्रतिवेदनले समात्न अपुग र असक्षम भयो ? स्वयम विध्या आफैं देशको गरौवमय एक जिम्मेवारी राष्ट्रपतिको स्थानमा हुँदा पनि आफ्नै श्रीमानको हत्यारालाई पत्ता लगाएर उसलाई कानुनको कड्घेरामा उभ्याउन नसक्नु भनेको सम्पुर्ण नेपाली जनताको अगाडि घोर लज्जाको विषय भन्दा अरु केहि हुन सक्दैन् ।

कमरेड मदन र जिवराज आश्रितको हत्या विध्यालाई राष्ट्रपति र अोलिलाई प्रधानमन्त्रीको पद वा सत्तामा पुर्याउने खुड्किला थिएन होला । इतिहास नामेट पार्न अोलि विद्यालाई किमार्थ छुट छैन । यो वेला अोलि विध्या ज्यु सर्वसत्तावादको सफथ ग्रहण गर्ने बेला होइन न त कुर्सि बचाउने खेल नै हो । कमरेड मदन र जिवराजको हत्यारा सच्चा कम्युनिष्ट वामपन्थी देशभक्त प्रगतिशिल शक्ति जनता र समग्र परिवेशले मागेको छ । सत्ता हातमा लिएर जबजको विचार मुल्य मान्यतामा माथि लुट र भ्रमको खेती अब तपाइहरुलाई नै तितो, महङ्गो नपर्ला भन्न सकिदैन् । इतिहास र वर्तमान दुवैलाई मध्यनजर गर्दै कमरेड मदन र जिवराज को हत्याबारे ठोस एक्सन वा डिसिजन लिन आवश्यक ठहर्छ ।

नत्र विध्या अोलिको सर्वसत्तावादी लालच आम नेपाली जनता र सच्चा कम्युनिष्ट वामपन्थी देशभक्त शक्तिहरुका लागी सहनयोग्य र क्षमादायक हुने छैन । कमरेड मदन आज यो मुलुकमा जिवित रहेको भए सर्वसत्तावादी अोलि विध्या यो स्थानमा रहने थिएनन् र सर्वहारा वर्गीय जनता सच्चा कम्युनिष्ट विचार पद्धतिमा दृढ प्रतिबद्ध योद्धाहरू र समग्र परिवेशले यो अतातयि कालखण्डको दुःखपूर्ण संकट झेल्नुपर्ने थिएन । देशले आर्थिक, राजनैतिक, सामाजिक क्षेत्रका हिसावले विकासको गतिमा द्रुत छलाङ मारिसक्थ्यो । जनतामा अमनचयन र शान्ति वातावरण सिर्जना भइसक्थ्यो । देशले साम्राज्यवादी र विस्तारवादी मुलुकको सिकार हुनपर्दैन थियो होला । ८०लाख युवाले ५६/५७° मा विदेशको गल्ति चहार्नुपर्थेन होला । आजको दिन नेपाली जनता र मुलुकको लागी समेत कालो दिन ठहर्छ । लाल सलाम ।

You can share this post!