बृहत कम्युनिस्ट एकता आजको आबस्यक्ता

तुफान सिंह कालिकोटे

महासाय प्रचण्ड ज्यु फुटेर होइन जुटेर अगाडि बड्नुको अर्को कुनै विकल्प छैन भन्ने कुरामा कुनै दुई मत नै छैन । बिगतमा तपाईबाट कमजोरी भएकैहो यो तपाईंले महसुस गर्नैपर्छ जो सपना अमुल परिबर्तन पछी नेपाली जनताले पाउने सुख र बिकासको एउटा् एजेन्डा सहित राज्य र बिद्रोहीहरु बाट १७ हजार नेपाली आमाका सन्तानहरुले बिर्गती प्राप्त गर्नु भयो त्यो के का लागि थियोे भन्दा त तपाई लगाएत केही नेतृत्वलाई केबल सत्तामा पुराउन मात्रै थियो त बिल्कुल थिएन यो पिछडियका गरीब दलित जनजाती निमुखाहरुको मुक्तको खातिर गरिएको एउटा् त्याग थियो ।

तर यहाँ तपाईहरुबाट नेपाली जनतालाई धोका भयो भन्दै एउटै मोर्चामा सहकार्य गर्दै आएका तपाईकै सहयोद्दा कामरेड किरण, बिप्लव, बादल, प्रकाण्ड लगायतका थुप्रै नेताहरु अलग हुनु भयो यो जिम्मेवारी तपाईंलेनै लिनु पर्थ्यो किन् कि तपाईं एउटा् नेतृत्वहुनुको नाताले पार्टी भित्र देखियको २ लाईन संघर्ष तीब्रहुँदै थियोे त्यहाँ नीर पार्टीभित्र तपाईंले नेतृत्वहरुलाई मिलाउन नसक्नु यो बडो बिडम्वाना थियोे दुनियाँकै राजनीति ईतिहास हेर्ने हो भने पनि विभिन्न पार्टीहरुमा पार्टी भित्रनै चर्को बहस र संघर्ष हुने गर्छ जो हाम्रो पार्टी भित्रपनि थियोे जहाँ डिस्क्रस हुन्छ त्यहाँ निस्क्रस पनि निसकिन्छ ।

एउटा् नेतृत्व लेबलको मान्छेले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन सक्दैन भने त्यो अक्षम नेतृत्व हो भन्ने पुस्ठी हुन्छ आजको दिनमा प्रचण्डको अहमताबाद्ले राम्रोसँग नेपाली राजनीतिमा भद्दामजाक गर्‍यो हो जहाँ एकता हुन्छ त्यहाँ बिजय निश्चित हुन्छ आज आएर प्रचण्ड आफैले पनि त्यो महसुस गर्नु भएको छ । बिगतमा कहाँ नीर कस्को समस्या रर्यो भन्ने कुरामा सबैले आम्तदेखिनै महसुस गर्नु पर्छ या आत्मसात् गर्दै पुर्ब माओवादीहरुलाई बृहत कम्युनिस्ट धुर्बिकरण गर्दै एक जुटनहुन आवान गर्नु पर्छ फेरि बिगतका झै गल्ती नेपाली जनतालाई हुने छैन भन्दै प्रतिबद्धता जारी गर्दै संसदिय सत्ताको विकल्पलाई खुज्नु पर्छ कथित संसदिय राजनीति भनेकै फोहोरी खेल हो यो ईतिहासले पुसट्याई गरि सकेको छ ।

आजको दिनमा नेपाली राजनीतिमा जो जति मुख्य पोस्टमा पुग्यो उनीहरुले नेपाली जनतालाई धोका र गद्दार गर्दै गएका छन अबको नेतृत्व गर्नेहरुबाट नेपाली जनतालाई कुनै धोका जालझेल हुनु हुदैन त्यो ब्यबस्था यो संसदिय ब्यबस्थाबाट पूरा हुनै सक्दैन तेसको लागि बैकल्पिक ब्यबस्थामा जान पर्छ जो एक मात्रै ब्यबस्था बैज्ञानिक समाजबाद हो एसको लागि प्रचण्ड लगाएत जो आफुलाई कम्युनिस्ट भनिरहेका शक्तिहरु आजको दिनमा एक हुन अनिवार्य आबसेक छ नत्र फेरि पनि कथित कम्युनिस्ट एमाले ले देशलाई अमेरिका को जिम्मा चाडै दिदै छ ।

प्रचण्ड ज्यु राम्रोसँग थाहा भयो होला विगत एक दसकबाट संसदिय राजनीतिक को स्वादको बेफाइदा देश बनाउनलाई फुटेर होइन जुटेर अगाडि बड्नुको अर्को विकल्प छैन भन्ने कुरा नेकपा एमालेबाट सिक्न जरुरी छ प्रचण्ड ज्यु तपाई आज लाचार बन्नु भएको छ हामीलाई बडो दुखलाग्छ यो अबस्था हुनुमा तपाईकै कमजोरी देखिन्छ किन कि पहिलो कुरा आफ्नो घर बलियो बनाउ अनि मात्रै केही गर्न सकिन्छ होइन भने अब तपाईंको हैसियतलाई राम्रोसँग नाङ्गो पारिदिएका छ्न तत्कालीन प्रधानमन्त्री केपि ओलि ले संसद मा बिश्वासको मत मा उनी प्राजय भए पनि फेरि जित उनकै भएको छ ।

नराम्ररी तपाईं लाई पछारेका छन हो एहि हो खसीको टाउको राखेर कुकुरको मासु बेच्ने कथित संसदिय राजनीति ब्यबस्था तपाईं लाई नै प्रयोगमा ल्यायर तपाईकै सहयोद्धा कामरेड बिप्लवलाई प्रतिबन्धित गर्न उस्काउने पनि तिनी केपि नै हुन भाइ भाइ लडाइँ गरायर आज आफू सत्ताको मालिक भएका छ्न तर तपाईलाई ई कुरामा कुनै चासो छैन आम नेताकार्यकर्ता जहाँ सम्म चाहन्छ पुर्ब माओवादीहरु एक हुनु राम्रो कुरा हो फुटि सकेपनी केही बिग्रेको छैन नमिलेको कुराहरूमा छलफलबाट निस्क्रस गर्न सक्नु पर्थ्यो र यो नेतृत्वको जिम्मेवारी पनि त हो
आजको आबस्यक्ता भनेको बृहत कम्युनिस्टहरुको एकता हो यो सम्भावना छ जुटौं ।

You can share this post!