बिदेशीसँग कटौरो थापेर भिग माग्ने मगन्ते नितिको घोर भर्त्सना गरौं

लक्ष्मण चौलागाईं विद्रोही

“बेथिती/भ्रष्ट /अन्याय/अत्याचार /दुराचार /व्यभिचारी/चाकरी/दलाल माफियाका विरुद्द र जनाधिकार, राष्ट्रियता एवम् जनजिविकाको पक्षमा लड्दै लोकतान्त्रिक अधिकारको स्वतन्त्रताको सदुपयोग गरौं । लोकतान्त्रिक गणतन्त्र ल्याउन ३ करोड नेपाली, सबै राजनीतिक दल, विभिन्न जातजाति, भाषाभाषी, सम्प्रदाय, दुखी, गरिब सबैको बरोबर लगानी छ । ती जनमुक्ति सेना प्रचण्डका सेना होइनन् तत्कालीन जनयुद्धमा प्रचण्ड पनि जनताका सेना थिए (तर प्रचण्ड यो कुरा अस्विकार गर्न सक्छन् र त भन्ने गर्दछन् म मेरा जनमुक्ति सेनाको सर्वोच्च कमान्डर थिए)

तर ती प्रचण्ड लगायत सबै जनमुक्ती अभियानका सेना नेपाली जनताका साझा सेना थिए । साझा लोकतान्त्रिक राज्यव्यवस्था ल्याउने सेनाहरु थिए । तर आज लोकतान्त्रिक गणतन्त्रमा ती सेना जनताका सेना भएर जनमुक्ती सेना भनाइरहेका पनि छैनन् नि कतिपय व्यक्तिवादका भजन गाउदै पाटे ड्रेस प्रदर्शन गरिरहेका छन् । तिनिहरु दस बर्ष सम्म नेपाल बन्द जस्तो जनयुद्ध देशले अँध्यारो कालखण्ड गुजार्दै हजारौं आमाहरुको काख रित्याएर ल्याइएको थियो भन्दैनन् बरु युद्ध नाइकेलाई युगपुरुष घोषणा गर्दै सहिदको आमाको मुहारमा मुक्का हानिरहेका छन् । ती सहिदकी आमा न माओवादी, न कांग्रेस न राप्रपा न एमाले उहाँको कुनै राजनीतिक दलमा नाम नैं छैन/ छ त केवल भोटलिस्ट्मा ।

कतिपय सहिदका बाबुको नागरिकता नै छैन /उहाँले बृद्द भत्ताको मात्रै समाचार सुन्न विवश हुनुपरेको छ । यहि हो त गणतन्त्र ? यहि हो गणतन्त्रको उपलब्धि भनेर सोध्यो भने जवाफ अनुत्तरित हुन्छ । ” अन्त्यमा, विकृत दलाल संसदीय वयवस्थालाई विदेशी परियोजनाका एमसिसी सम्झौता खारेज गर्न अपिल गरौं । हाम्रो आफ्नै मुलुकमा छन् अथाह सम्भावना जसको सदुपयोग गरेर नेपाल बनाउन दल बनाउन हिडेका सत्तासीनहरुलाई खबरदारी गरौं । हरेक मन्त्रीमन्डल फेरबदल भैसकेपछी बिदेशीसँग कटौरो थापेर भिग माग्ने मगन्ते नितिको घोर भर्त्सना गरौं ।

You can share this post!