२३७ वर्षीय राजतन्त्रलाई अफर थिएन तर १४/१५ वर्षको शिशु गणतन्त्रलाई एमसिसीको अफर गर्यो अमेरिकाले !

लक्ष्मण चौलागाईं बिद्रोही

युद्धमा जनताका छोराछोरी मरायौ अरे वा गणतन्त्रमा सेता जुँगा मुसार्यौ ! गणतन्त्रमा गणतन्त्रको उपलब्धि आफ्नो पेवा सम्झीनेलाई युद्ध अपराधी भनिन्छ भने खाले जवाफ पनि एक्टिभिटीले लेरायौ ! जनताको रगतपसिनाको कर निजि बिलासितामा प्रयोग गरेर दल बनाउन मात्रै अभ्यस्त प्रवृत्तिलाई गद्दार भन्न बाध्य बनायौ ! ४/५००० पापीको हुल लिएर मान्छे मार्न बन जंगल पसेको जस्तो वर्तमान देखाइदेउ । दुई चार हजार सज्जनलाई जबर्जस्त युद्दमा पनि होमायौ । ती सज्जनजति मरे सहिद भए, पापहरु अझै पनि नेतागिरी गर्दै चाकरीको झोला बोकेर हिडिरहेका छन् ,तिनिहरुलाई आफ्नो सम्झिन थाल्यौ केही समय अनि अहिले उद्योगपती ,मर्सी चामल ,ठुलाठुला ठेकेदारहरुसँग आफन्तपन भेट्न थाल्यौ यहि देखायो तिम्रो ०६३ पछिका उपस्थितिले !

मर्नुपर्ने बाँचेर बाँच्नुपर्ने मरे र त आज गणतन्त्र दुई खाले आएको हो कि भन्ने खाले अवस्था पनि हाजिर गरायौ । जनतालाई करको भारी ।गद्दारलाई राज्यको ढुकुटी र गाईको सुकुटी साथै मस्त होलीवाइनमा लठ्याबृएको जिब्रो जे खाए नि मासुको स्वाद र रगतको मात्रै स्वाद आउने भएको होला कारण बलिदानको व्यापारी ! बाचेर पनि पलपल मर्नुपर्ने घाइतेहरुको वस्ती बनाइदियौ र पनि चाकरीवाजले ट्याग नरासी बस्न सकेनन् र युगकै पिता बनाइदिए तिमी त्यसैमा हरायौ इतिहासका उज्याला दिनमा तर जनतालाई कालो बादल र चट्याङ्को पुरस्कार । आफ्नै मुलुक प्रवास झै मरुभुमीलाई कर्मभुमी बनाइदियो ।

यदि सत्य र निष्ठाको राजनिती गरेको भए आफ्ना जति नेपाल मा नै स्थापित गर्यो ।हेर्दै जाउ जनता अब उनी सत्तामा गए भने भएभरका उनका आफन्त विदेशका विकसित राष्ट्रको राजदुत बनाउछन् । तपाईं हाम्रो सुदिन ल्याउन विदेशीको इशारामा उनले गरिब जनता मार्ने युद्द छेडेकै होइन ! इसाईहरु नेपालमा कसरी द्वन्द मच्चाउने, कसरी शान्ती क्षेत्रलाई अशान्त र आक्रान्त बनाउने र अमेरिकाको एमसिसी प्रस्ताव नेपाल पठाउने भन्ने योजना सार्वभौम राष्ट्र भए देखि नै कल्पना गरिरहन्थेकि भन्ने अनुमान २३७ वर्षीय राजतन्त्रलाई अफर थिएन MCC को तर १४/१५ वर्षको शिशु गणतन्त्रलाई MCC (Litle boy) को अफर गर्यो अमेरिकाले ! अब यो मुलुकमा यो लिटल बोइ MCC होइन BIG BOY एमसिसी पनि आउनेछ । दुई चरणका MCC पछि नेपाल GOOGLE को भौगोलिक MAP बाट गायब हुनेछ । हिजो साम्राज्यवाद भनिएको आजको एमसिसीदाता अमेरिकाले ।

अब साम्राज्यवादको पाउमा निधार ठोक्काइसकेको राष्ट्रियताको व्यापारीले यो एउटा एमसिसी मात्र पास गर्दैन । हाम्रो देशमा अब थुप्रै थुप्रै एमसिसी आउँछन् । यसैकारण साम्राज्यवाद नेपाललाई कसरी हिन्दुराष्ट्र बाट मुक्त गराउने भन्ने जाल रचिरहन्थ्यो । त्यही जाली साम्राज्यवादको निर्देशनमा धर्म निरपेक्षता ल्यायो यसलाई उपलव्धी भनेर प्रचार गर्न उ कति पनि लाज मान्दैन ।हिन्दुराज्य विस्थापित गरेपछी इसाईहरुले नेपालमा सहजै चलखेल गर्न पाउँछन् र नेपाल द्वन्द ग्रस्त बनाउन सकिन्छ भनेर धर्म निरपेक्षता ल्याएको हो । विभिन्न नामधारी राज्य बनाएर पृथ्वीनारायण शाहले एकता गरेको मुलुकलाइ फेरि ७ खण्डमा विभाजित गरेर बिखन्डन निम्त्याएको हो । बाकी रहयो गणतन्त्र त्यो गणतन्त्र न सहिद परिवारले पायो न घाइतेले नै पायो । यसकारण नेपाली जनताले साझा व्यवस्था र साझा सरकार नपाएको हो ।

You can share this post!