देशले धरहरा देखे सङ्गै धरहराले देश देख्न सकोस्

सुनिता बस्याल

1092 सालमा तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले महारानी त्रीपुरासुन्दरी देबिको सम्झनामा निर्माण गरेको धरहरा नेपालका विभिन्न जिल्लाबाट देख्न सकिन्थियो । बि.स १९९० साल माघ दुई गते आएको भुकम्पका कारण बार्दली माथिका दुई तला भत्काएर नौ तलामै सिमित गरेको थियो । यससङ्गै बि. स. २०७२ सालको महा बिनासकारी महा भुकम्पका कारण ६४ जनाको ज्यान लिएर पुर्ण रुपमा आफू ढल्यो आफू ढले सङ्गै नेपालिको सान ढलायो देशको पहिचान ढलायो । पर्यटकीय स्थलको आधार ढलायो।यसरी ढलिरहेको धरहरा विभिन्न आरोह,अबरोह खेप्दै २०७८/1/12 गतेका दिन अत्यन्तै विषम परिस्थिति डरलाग्दो महामारी कोरोना कहरका बिचमा सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलिले धरहाराको उद्ध्घाटन गर्नुभयो ।

यसरी बर्शौ देखि अचेत अवस्थामा ढलेको धरहरा प्रत्यक नेपालीलाई चियाउदै सान ,मान, र स्वाभिमान सङ्ग मुस्कुराउदै उठेको देख्दा हरेक नेपालीको ओठ मुस्काउन बाध्य भयो । हरेक देशबासीहरु आफ्ना सबै सपना,चाहाना, आकाङ्क्षा बिर्षिएर तामझाम सहित उठेको धरहरा हेरेर आफ्नै शिर उच्च भएको कल्पना गरी भरपुर रमाए । सबै नेपाली जनताको मनमा लागेको छ अब धरहरा ठडिएपछी सुन्दर, मनमोहक, र आखाको ज्योती नै मार्ने दृश्यहरु धरहराबाट देखिनेछ । हो समग्र देश देख्नको लागि धरहरा चाहिन्छ ।अब भने यो चाहाना छ कि धरहराको दृश्यले केहि फरक दृस्टी देख्ने क्षमता प्रदान गर्न सकोस । यसबाट पुर्ण रुपमा देशको समग्र स्तिथी देख्न सकियोस । कहिल्यै कतै नलेखिएका दुखी पिडितका कथा ब्यथाहरु देखेर लेख्न सकियोस ।

धरहरा अब आफु जिबन्त मुस्कुराउन सक्ला जनतालाइ पनि मुस्कान दिन सकोस । मेरो देशमा उठेको धरहराले मेरो देशलाइ नै उठाउन सकोस । प्रत्येक नेपालिको शिरलाइ आफुजस्तै उचाइमा पुर्याउन सकोस । बाढीपिडित, आगलागी पिढित, भुकम्प पिढितका नबनेका ओत नभएका हरुका लागि आवस्यक टहरा देख्न सकियोस धरहराका दृश्यहरु बाट । कु- सस्कार कुरिती र अन्धबिस्वासले भरिएका देबि समान बालिकालाइ जिउदै जलाउने भत्काउन पर्ने छाउगोठ देखियोस धरहराबाट । निर्मला पन्त, सम्झना बिक, भागिरथी भट्ट जस्ता तमाम बालिकाहरुको मसानघाट को चीत्कार सुन्न सकियोस । बिध्यालय जानका लागि तुइन चड्नुप्रने बालबालिकाको बाध्यता देख्न सकियोस ।

हस्पिटल पुग्न नसकेर बिचबाटोमै ज्यान गुमाउनु परेका सुत्केरी हुन नसकेका आमाहरुको दुख देख्न सकियोस धरहराको झ्यालहरुबाट ।देशको मुहार बदल्नकालागी ज्यान फालेका सहित परिवारका खोसिएका खुसिहरु . हराएका सपनाहरु खोज्न सकियोस धरहरा बाट हेरेर। आज सम्म नदेखिएका काण्डहरु भ्रष्टाचार, अनियमितता, हेर्नका लागि ऐना बन्न सकोस मेरो धरहरा ! केही समय यता न्यायलयका हातहरुले ठुला माछाहरु समाउन नसकेको कुराहरु सबै जनता माझ सर्बबिबिदै छ त्यी कुराहरु पनि देख्न सकियोस धरहराबाट । मिचिएका भु भाग हरु पहिल्याउन सकियोस । केही नया नमुना र नया शैलिबाट उठेको धरहरा बाट देशलाइ पनि नमुना र नया सैलिमानै देख्न सकियोस । नेपालमा समग्रमा देशले धरहरा होइन धरहराबाट अहिले सम्म नदेखिएको नमुना देश देख्न सकियोस नया फेरिएको धरहराले देशको पनि मुहार फेर्न सकोस.. सम्पुर्ण देशबासीलाइ शुभकामना ।

You can share this post!