मदन भण्डारी होइन अमर लामा बनाइदिएका सपना पनि नदेखिएला भन्न सकिन्न

लक्ष्मण चौलागाईं विद्रोही

कमता लगानी भएको छैन मुलुकमा गणतन्त्र ल्याउन जहाँ हजारौंको रगतका खोलीहरु बहे ।राजनीतिक र पनि थाहा नपाएकाहरु राज्यसत्तार माओवादीको चेपुवामा परे । कयन घरवारविहीन भए ,कयन विस्थापित र बेपत्ता भए । यति मात्रैले पुगेन कयन घाइतेहरु भए । अमूल्य युवाशक्ती उमेरमै वृध्द र अशक्त भए । होसमा आउन औषधि खानुपर्ने घाइतेहरुको गाउँ बन्यो । मुलुकमा रोजगार नपाएर विदेशी मुलुकमा पलायनहरुको लागि आफ्नै देश विदेश र प्रवास जस्तो भयो ।

स्वदेशमा नै रहेका नागरिकहरु पडोसी जस्ता भए । निर्वाचन आउदा नमस्कार जनता सत्ता र सिंहदरबार पसेपछी जनताका नमस्कार र जनताका सामु खाएका कसमहरु केपी ओलीका टुक्का जस्ता भए । राजनिती पेशा बन्यो, नेतृत्वतहका लागि सेवा सुविधा जनताको लागि महंगीका पुरस्कार हाजिर भयो । न्याय मृत हुँदै गयो, समतामुलक नेपालको सार्वभौमता विदेशी अनुदानका कचौरी थाप्दाथाप्दै मुर्छित भयो, रगताम्य भयो । देशको व्यवस्था बदल्न अथक र निस्वार्थ सघाउ पुर्याउनेहरुकै कित्ताकाट मात्रै गरेन गणतन्त्रले, आफ्नै दलको राजनीतिमा हुबहु बिकल्प खोज्दा जनताका जनादेश बेखबर भए ।

अनि आजकल नेपाली राजनीति गणतन्त्रलाई नै बेहोस पार्ने पोइजन दलाल संसदीय प्रवृत्ति लिएर स्थापित भयो र गणतन्त्र बाहकहरु सपनामा नै आत्तिन थाले । अनि भन्न थाले ओलीहरुले मलाई ज्यानको खतरा छ । अनि फेरि थप्न थाले प्रचण्डले मलाई मदन भण्डारी बनाउन लागे । खासमा प्रचण्डलाई मदन भण्डारी कसैले बनाउदैन । मदनको राजनिती जनताका जनादेश सँग निहित थिए भने प्रचण्डका राजनिती दल र कार्यकर्तामा मात्रै सिमित हुनुले मलाई लाग्छ अब प्रचण्डले आफुलाई अमर लामा बनाइदिएको सपना देख्न सक्छन् ।

भलै ओलीले आफुलाई विरप्पन बनाइदिएको सपना देख्न सक्छन् तर विरप्पन आफैमा महान डाँकु थिए, जो तमिलनाडुका दिनहिनलाई धनाढ्यको खोसेर खुवाउंथे । संसारमा डाँकुहरु पनि सम्मानित छन् भने यहि दुनियाको नेपालमा राजनितीका अगुवाहरु विरप्पन जतिको मानवता भएका पनि जन्मेनन् र त जनताका अधिकार बेखबर भए ।सहिदका सपना खरानी भए । जनता असहाय भए । कोरोनाले देश जलिरहदा अर्थतन्त्र बढी महत्वपूर्ण र जनताको जिउधनको बेवास्ता गर्नेहरु मुलुकको मन्त्री बने ।अनि संसदीय व्यवस्था बिकृत मात्रै भएन यो राष्ट्रघाती बन्ने दुस्साहस गर्दैछ ।

त्यो दुस्साहसको गतिलो उदाहरण नै अमेरिकी एमसिसी परियोजना हो । जसले एमसिसीको पक्षमा बोल्छ त्यसलाई जनताले निषेध गर्नुपर्छ । जसले जनताका मनोभावना विपरित र जनहित विरुद्द बोल्छ त्यसलाई हदैसम्मको अपराधी दर्ज गर्न नेपालको संविधान २०७२ मा एउटा दफा थपिनुपर्छ । नागरिकको हित नै सर्वोपरि हो जसलाई जनप्रेमी र राष्ट्रवादी भनिन्छ । दलको मात्रै राजनिती गरेर बालुवा टेक्नु खोज्ने दुस्साहस त्यस्तालाई राजनेता भनिदैन ।

भनिन्छ केवल गद्दार र राष्ट्रघाती । गद्दारी कर्म गर्दै गयो, जनतालाई गुमराहमा पार्दै गयो । राष्ट्रघाती नकाम तर्फ मात्रै विचारहरु जन्माउन लागियो भने मदन भणडारी मात्रै होइन अमर लामा बनाइएको सपना देख्न सकिन्छ । जनताका भरोसालाई कू गर्दै कुमार पौडेलहरु मार्न तम्सियो भने नेपालको राजनितीका अगुवाहरुले आफुलाई जनताले इन्काउन्टर गरेर चरी डन बनाइदिएको सपना पनि देख्नु विवश हुनुपर्नेछ ।

You can share this post!