नेकपाको १० औं बैठक सम्पन्न

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीको १० औं पुर्ण बैठक सम्पन्न भएको छ । बैठक नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवको गृह जिल्ला कपिलवस्तुमा सप्म्पन्न भएको हो । दुइ वर्ष लामो प्रतिबन्ध झेलेको नेपाल कम्युनिस्ट पार्टीले सरकार सग ३ बुद्दे सहमति गरी प्रतिबन्ध खारेज भएको छ । प्रतिबन्ध पछिको यो दशौ बैठकलाई नेपाली राजनीतिक बृतमा निकै चासो र उत्सुकताका साथ हेरिएको छ । यधपी बैठक निर्णयको बारेमा नेकपाले अहिले सम्म केही बताएको छैन ।

झन्डै एक हप्ता सम्म चलेको नेकपाको बैठकले केही महत्त्वपूर्ण राजनीतिक निर्णय गरेको स्रोतको दाबी रहेको छ । त्यस्तै सगठनात्मक क्षेत्रमा समेत केही महत्त्वपूर्ण पहलकदमी लिएको हुन सक्ने समेत देखिएको छ । नेकपा स्रोतका अनुसार पार्टी निकट जवस मोर्चाका राष्ट्रिय भेला सम्मेलनहरु स्थगित गरिएको समेत जनाएको छ । अन्य बारेमा भने नेकपाले आधिकारिक धारणा सहित सार्वजनिक गर्ने नेकपा स्रोतले बताएको छ ।

त्यस्तै नेकपाको दसौं पुर्ण बैठकमा एकीकृत जनक्रान्तिका सहिद परिवारको तर्फबाट नेकपालाइ मायाको चिनो प्रदान गरिएको छ । क्रान्तिलाई बिजय सम्म पुर्याउन उत्प्रेरित गर्ने र सहिदको सपनामा दृढ रहने संदेश सहित उक्त चिनो प्रदान गरिएको छ ।

You can share this post!