चीनले गर्याे नेपाललाइ ९ कराेड २० लाखकाे स्वास्थ्य सामाग्री सहयाेग गर्ने घाेषणा

काठमाडाै –

चीनले नेपाललाई कोरोना भाइरस संक्रमणविरुद्ध लड्नका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने बताएको छ । मंगलबार भएको भिडियो कन्फरेन्समार्फत चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्र प्रदीप ज्ञवालीलाई कोरोना संक्रमणविरुद्ध लड्नका लागि आवश्यक स्वास्थ्य सामाग्री सहयोग गने घोषणा गरेका हुन् ।

चीनले नेपाललाई ९ करोड २० लाख रुपैयाँको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो । चीनले यसअघि पनि नेपाललाई कोरोना भाइरसको खोपसहित आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको थियो ।

You can share this post!