जनपत्रकार संगठन, अछामको प्रथम भेला सम्पन्न

अछाम – प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यवद्धता मानव अधिकार रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता भन्ने मुल नाराका साथ जनपत्रकार संगठन नेपाल अछामको प्रथम जिल्ला भेलामा साफेबगरमा सम्पन्न भएको छ र उक्त भेलाबाट खेमराज बुढा लाई अध्यक्ष चयन गरेको छ।

भेला कार्यक्रमका प्रमुख अतिथि जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका अछाम जिल्ला इन्चार्ज तपेन्द्र तिमिल्सैन थिए, कार्यक्रमका अतिथि जनपत्रकार संगठन नेपाल सेती महाकाली ब्युरो संयोजक प्रकाश थापा, अतिथी अछाम जिल्ला DCS निरक शाही , जिल्ला पार्टी कार्यलय सचीव लोकेन्द्र शाही , बान्निगढी जयगढी र मेल्लेख गा पा इन्चार्ज तिलक बिष्ट ,साफेबगर नगर पालिका र चौवरपाटी गा पा इन्चार्ज करन साउद ,युवा संगठन नेपाल अछाम जिल्ला अध्यक्ष शेर ब साउद , अखिल क्रान्तिकारी विद्यार्थी संगठन अछाम जिल्ला अध्यक्ष दिपेन्द्र जयगढी , प्रभाशी संगठनका नगर उपाध्यक्ष एम बि चलाउने अतिथि थिए।
प्रथम जिल्ला भेलाबाट खेमराज बुढा को नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ। उपाध्यक्ष सुरेश रावत, सचिव अर्जुन लुहार सह-सचिव बिनिता तिरुवा र कोषाध्यक्ष कमल वि.क. ।

आयोजक कमिटी संयोजक खेमराज बुढाको अध्ययक्षतामा कार्यक्रम संचालन भएको थियो र कार्यक्रमको संञ्चालन आयोजक कमिटी सदस्य अर्जुन लुहारले गरेका थिए र स्वागत मन्तव्य सुरेश रावतले राखेका थिए।

You can share this post!