काेराेना नियन्त्रणकाे लागि सबै प्रदेशमा उच्च स्तरिय समित गठन

काठमाडौं – कोरोना संक्रमण तीव्र बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको नियन्त्रणको लागि उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार संक्रमण नियन्त्रणका लागि सातै प्रदेशमा विज्ञ चिकित्सकसहित सात वटा समिति गठन गरेको हो।

जसमा प्रदेश १ मा डा महेन्द्रप्रसाद श्रेष्ठ र डा पवनजङ्ग रायमाझी, प्रदेश २ मा डा रोशन पोखरेल र डा मोहमद दाउद, बागमतीमा डा रोशन पोखरेल र डा मदनकुमार उपाध्यायलाई जिम्मेवारी दिइएको छ।

यस्तै गण्डकी प्रदेशमा डा गुणराज लोहनी र डा प्रकाश शाह, लुम्बिनीमा डा गुणराज लोहनी र डा रोशन न्यौपाने, कर्णालीमा डा दिपेन्द्ररमण सिंह र डा केशवराज पण्डित र सुदूरपश्चिममा डा दिपेन्द्ररमण सिंह र डा रिता भण्डारी जोशीलाई जिम्मेवारी दिइएकाे गाैतमले बताए। मन्त्रालयले डा गुणराज लोहनी र दुई प्रमुख विशेषज्ञ चिकित्सक डा रोशन पोखरेल र दिपेन्द्ररमण सिंहलाई भने दुई वटा प्रदेशको जिम्मेवारी दिएको छ। 

You can share this post!