लोलाङ हाइटमा आगलागी, दुई दमकलले निभाउँदै

काठमाडाैँ – तारकेश्वर नगरपालिका-४ लोलाङ हाइटको एउटा घरमा आइतबार दिउँसो आगलागी भएको छ । सोफा बनाउने कारखानामा वेल्डिङ गर्ने क्रममा अपरान्ह साढे ४ बजेपछि आगलागी भएको वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले जानकारी दिए । उनका अनुसार फममा आगलागी भएपछि कामदारहरू भागेका थिए । पाँच तले घरको तेस्रो तल्ला रहेको कारखानामा आगो लागेको हो ।

सामान सबै जलेका छन् तर मानवीय क्षति भएको छैन,’ वडा अध्यक्ष श्रेष्ठले भने,‘दुइटा दमकलले आगो निभाइरहेका छन् । अब लगभग नियन्त्रणमा आइसक्यो ।’ आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

You can share this post!