प्रचण्ड अब सेवासुविधा भोगी सत्ताको ध्वस्त गर्दै विदेशी सम्झौता बहिस्कार गर्ने अस्त्र बनेर प्रचण्ड बन्ने हो

लक्ष्मण चौलागाईं विद्रोही

प्रचण्डको बारेमा धेरै लेख्ननुपरेको प्रचण्ड बर्बाद भएकोले हो । नत्र देउवा, बाँस्कोटा, कमल थापा, रामबहादुर, कृष्णबहादुर, माधव नेपालहरुलाई इङ्गित गरेर लेखिन्थ्यो नि उहाँहरुको विरोध र समर्थनले मुलुकको राजनीतिमा केही नया वहाव आउनेछैन । आजको मितिसम्म प्रचण्ड ठान्दै होलान् म माओवादी केन्द्रको अध्यक्ष, पहिला नेकपाको दोश्रो अध्यक्ष त्यहाँ भन्दा पहिला जनयुद्ध सन्चालन गर्दै गरेको माओवादीको अध्यक्ष, अनि अझै पहिला नेकपा मसालको महामन्त्री भनेर ।

तर त्यो नै प्रचण्ड कमजोर बनाउने पुष्पकमलको सोच हो । तर प्रचण्ड कुनै दलको नेता होइन ३ करोड नेपाली जनताको साझा नेता हो । तर प्रचण्ड ठानिरहन्छन ती दस लाख कार्यकर्ताको म अध्यक्ष हुँ मेरो पार्टी फलानो हो । यथार्थमा त्यसो होइन । पुष्पकमल दाहाल भ्रमित छन् र त देश आज गणतन्त्रमा दिक्क छ । प्रचण्ड अपमानित हुँदै गए अनि युटुपे होहल्लाहरुले सलामी पाउँदा गणतन्त्रले गाली खायो भनेर मेरा रचना सामग्रीहरु ले प्रचण्डलाई खबरदारी गरेको हो ।प्रचण्डको चाकरी गर्नुभनेको प्रचण्ड कमजोर बनाउनु हो । तर आजभोली यसो हेर्छु प्रचण्डका वरिपरि चाकरीहरु छन् ।

प्रचण्ड चाकरीहरुकै अपहरणमा परेको कमजोर नेता जस्ता भएका छन् । नत्र हामी पनि प्रचण्डको चाकरी गर्तथ्यौं नि ।हामीले चाकरी गर्दा प्रचण्ड कमजोर हुने खतरा देखेर प्रचण्डलाई खबरदारी गरेका हौं । प्रचण्डलाई प्रचण्ड बनाउन मुलुकले थुप्रै लगानी गरेको छ जो मैले एक वर्ष पहिला देखि बुलन्द गर्दै आएको आवाज हो । जसको कपि गर्दै एउटा स्वतन्त्रताको सेनानी अभियन्ता युट्युबको माझ चिच्याइरहेको देखेको थिएं । प्रचण्ड बनाउन हाम्रो पनि धेरै भूमिका निर्वाह भएकोले हामीले प्रचण्डलाई संरक्षणका लागि आवाज बुलन्द गरेका हौं, ध्वस्त गर्न होइन । प्रचण्ड ध्वस्त भयो भने गणतन्त्र समाप्त हुन्छ तर पुष्पकमल दाहालहरुलाई केही पनि हुँदैन ।

प्रचण्ड अब प्रचण्ड बन्ने मान्छे मारेर होइन, प्रचण्ड अब जनता बोकेर जनयुद्धका मर्म सम्बोधन गरेर प्रचण्ड बन्ने हो कमरेड पुष्पकमल दाहाल ज्यु । देश विकास गरेर । तीन करोड नेपालीको अभियन्ता बनेर प्रचण्ड बन्ने हो । पार्टीको झण्डा फेरेर बालुवाटारमा आराम गर्न जाने भने होइन । प्रचण्ड ज्यु तपाईलाई कुनै सल्लाहकार चाहिदैन । स्वकीय सचिव घर भरी जसलाई बनाए पनि हुन्छ । तपाईलाई प्रेस पनि नचाहिनुपर्ने हो । तपाईले अब जनतासंग सल्लाह लिने हो । प्रचण्ड अन्तरास्ट्रिय सम्झौताको विपक्षमा प्रचण्ड बन्ने हो । प्रचण्ड अब सेवासुविधा भोगी सत्ताको ध्वस्त गर्ने खाले अस्त्र बन्ने हो ।

त्यहाँ जनयुद्धको जस्तो भौतिक क्षेती गराउनु पर्दैन त्यहाँ विचारको प्रयोग गर्दै स्वार्थी रबैयालाई भाला हान्ने हो ।त्यसपछि ३ करोड नेपाली जनताको अभियन्ता बन्दै नेपाललाई कृषिप्रधानको मोडेल कण्ट्री निर्माण गरेर समृद्द, बिना परनिर्भर तर निर्यात गरेर नेपालमा नेपालीले डलर कमाउने आत्मनिर्भर राष्ट्र सबै जनताका छोराछोरीलाई नेपाल भित्रै मेलमिलापमा राखी सुशासन भित्र्याउने अस्त्र बनेर प्रचण्ड बन्ने हो । अहिले मुलुकमा राजा छैनन् कमरेड पुष्पकमल दाहालज्यु !! लडाई झगडा लोभ र मोहले क्रान्ती नै बलात्कार हुन्छ भने बिना क्रान्ती समाजवाद सम्भव होला र ?

सल्लाह र सुझाव नि:शुल्क हामीबाट लिनुहोस् कमरेड प्रचण्ड । मैले त यसपाली कमरेड लेलीनको फोटो व्यापार गरिन कारण यहाँ चाइनिज अध्यक्ष माओको फोटो बेच्नेहरुले जनतालाई गणतन्त्र दिएन । बरु उपलव्धिको मालिक अभियन्ता बन्यो जनता कंगाल ! विश्व सर्वहाराका नेता कमरेड कार्लमार्क्स, कमरेड लेलीन, कमरेड स्टालीन, कमरेड चे, कमरेड राहुल/फिडेल क्यास्त्रो, अध्यक्ष कमरेड माओत्सेतुङ जस्ता कम्युनिस्ट नेता धेरै पहिला जन्मिए तर कम्युनिस्टहरु आजभोली जन्मेनन् । प्रचार मात्रै व्यापक भयो । उहाहरुको नामको दुरुपयोग भयो ।

यसैले……….पद र प्रतिष्ठा अनि दलको नाम, झण्डा र झोलाले कम्युनिस्ट हुँदैन मान्छे । मनले विशाल हुनुपर्छ । त्यो मन भित्र सारा मानव समाज र सर्वहारा बर्गको स्वर्ग अटाउने किसिमको हुनुपर्छ । अनि त्यहाँ लेलीन दिवसको सार्थक श्रद्दासुमन आजिवन जिवन्त रहनेछ ।माओ माओ उसै बनेका छैनन्, विश्व क्रान्तीमा राष्ट्रहित र आम मानव हितका कार्य र सपना बोक्ने किसिमका योद्दा लेलीनका थिएनन् भने आज हामीले न लेलीनहरु पाउदैन थियौं !! उच्च सम्मान कमरेड लेलीनलाई ।

लेलीनहरु जन्मिरहुन्, साम्राज्यवादी, अधिनायकवाद र दासत्वबाट जकडिएको राष्ट्र र जनतालाई मुक्ती दिलाउन फेरि फेरि पनि जन्मिरहुन्।लेलीनहरु सम्झिंदा कम्युनिस्टको असाध्यै प्रेम, उर्जा र समर्पण पैदा हुन्छ हृदयबाट । तर नेपालमा माओ, मार्क्स, लेलीनहरुको फोटो बेच्नेहरुको चरित्र देख्दा क्षमा गर्नुहोस् कमरेड लेलीन कम्युनिस्ट भन्नै अप्ठ्यारो लाग्छ ।

यीँ लेखकका निजी विचार हुन्

You can share this post!