– कुमार क्षेत्री
‘एउटा अघाएको व्यक्तिले भोको मानिसको आवश्यकतालाई बुझ्न सक्दैन् ।’ कमरेड माअोको उक्त भनाईलाई आजको वर्तमान एक आफैमा असफल संसदिय व्यवस्था र सत्ता बाहिरका आम सर्वहारा श्रमजीवी वर्गबिचको खाडलसँग तुलना गर्न सकिन्छ। आजको व्यवस्था र प्रणालीमा छन त केवल हुनेखाने वर्गका उच्च पुँजिपति वा आरामदायी सुख विलासको जिबन व्यतित गरिरहेका सत्ता र कुर्सीका भोगीहरु! अनि उनिहरुले चलाएको सत्ता र प्रणालीबाट हामि सत्ता बाहिरका आम सर्वहारा श्रमजीवी उत्पिडित वर्गले हामिले चाहेअनुरूपको न त विकास पाउछौ न त सुविधा नै पाउन सक्छौ। यसले हाम्रा आधारभुत आवश्यकताहरुको समेत प्रत्याभूति गराउन किमार्थ पनि सक्दैन्।
यो व्यवस्था र व्यवस्थाभित्रका सत्ताभोगीहरुले सर्वहारा वर्गको दुःख,पिडा,मनोभावना र आवश्यकतालाई सम्बोधन गर्न सक्दैनन र बुझ्दैनन्। हामिले गोहिको मुखबाट फुत्किनु र यो सत्ताबाट वर्ग उन्मुक्ति र वर्गविहिन समतामुलक समाज निर्माणको परिकल्पना गर्नु भनेकै कोरा सपना जस्तै हो।मागेर, उनिहरुको भ्रम र आश्वासनमा पुर्ण भरोत्साहित भएर हामिले चाहेको र हाम्रा आवश्यकताहरूको हल कदाचित् हुनेछैन। फेरी पनि यो व्यवस्था र व्यवस्थाभित्रका केहि पात्रहरुको भ्रम र आश्वासनमा पुर्ण भरोत्साहित भएर विगतका दिनमा अझ पुरस्कृत गरेर उनिहरुलाई कुर्सिमा पुर्याउनु भनेको आफुमाथि अर्को ठुलो भयावहित संकट उत्पन्न गराउनु हो।यो व्यवस्थाको वस्तुगत धरातलमा गएर यसको वास्तविकता बुझ्ने हो भने यो व्यवस्था नेपालमा तिन तिन पटक आएको देखिन्छ।
(२०७ २०१७ र २०७४)तिन तिन पटक स्थापित यो व्यवस्थाले आजसम्म आईपुग्दा नेपाली जनता र देशको विकासमा कुनै ठोस परिवर्तन हात पारेको देखिदैन्।बरु जे-जति उपलब्धि हासिल भयो त्यो सब त्यो व्यवस्था भित्रका केहि सिमित व्यक्तिहरुका लागी मात्र भए।तलका गरिखाने तपाइ हामि जस्ता आम सर्वहारा श्रमजीवी वर्गका लागी झन अतातयि दुःखपूर्ण संकट आईपर्यो। जनताको जिवनस्तर झन गतिलो खाल्डो र लुटको दलदलमा फस्न गयो।हुनेखाने र उच्च अदोहका लागी मात्र गुणस्तरीय र सुखविलासको सुखपुर्ण सुदिनका दिनहरु स्थापित भए। अब यति भइसक्दा यसबाट निकास पाउन वा उम्किनका निमित्त संघर्ष गर्न निकै आवश्यक ठहर्छ। संघर्ष गर्न संगठनको आवश्यकता पर्दछ।संगठनको लागी क्रान्ति को बाटोमा प्रेरित हुनु अर्को महत्वपूर्ण कुरा हो।
त्यसैले कुनैपनि उपलब्धि हासिल गर्नका निम्ति क्रान्तिको मार्गदर्शनबाट मात्र सम्भव देखिन्छ। विगतदेखि आजसम्म आईपुग्दा जे-जति पनि मुलुकमा उपलब्धि हासिल भए ति सबै उपलब्धिको हासिल गर्न क्रान्ति आवश्यक परेको थियो। ति सबै उपलब्धिहरु क्रान्तिबाटै सम्भव भएका थिए।आजसम्म सत्ता फेरबदल र देशलाई आर्थिक स्तरउन्नती देखि लिएर जनताको जिवनस्तरमा ठोस परिवर्तनका नाममा भएका नेपाली आन्दोलन र संघर्षमा क्रान्ति प्रमुख बनेको यथास्पष्ट रुपमा बुझ्न सकिन्छ।
यसकारण महान कमरेड माक्सको उक्त समयसापेक्षित भनाईलाई अहिलेको वर्तमान परिस्थितिसँग गहन विश्लेषण र व्याख्या विश्लेषण गर्न सकिन्छ। उहाँको उक्त भनाईले आजको नेपालको संसोधनवादले पतित व्यवस्था र सर्वहारा वर्गबिचको असमानतासँग अन्तरसम्बन्धित भएको देखिन्छ। त्यसैले आजको यो दलाल संसदिय व्यवस्थाको असफलता पछि यसबाट उन्मुक्ति र निकास पाउन अहिलेको एकिकृत जनक्रान्तिको बाटोबाट मात्र सम्भव छ।हरेक उत्पिडित श्रमजीवी नागरिकहरुले एकिकृत जनक्रान्तिको बाटोमा संश्लेशित हुनु आजको अपरिहार्यता हो।