अखिल (क्रान्तिकारी) का दुई ऐतिहासिक कार्यभारहरु

नरेन्द्र विश्वकर्मा

नेपालको वर्तमान राजनैतिक र शैक्षिक परिस्थिति निकै जटिल, गम्भिर एवं संकटग्रस्त ठाँउमा पुगेको छ । नेपाली जनताको सात दशक सम्मको राजनैतिक संघर्षमा व्यक्त भएका विचार, भावना र चाहना माथी नयाँ÷नयाँ नाम र भेषमा तुसारापात हुँदै आएको छ । नेपाली सामाजिक जीवनका समग्र क्षेत्रहरुमा जस्तै ९० लाख विद्यार्थीहरुको शैक्षिक गुणस्तर, व्यवस्थापन र भविश्य पनि गम्भिर संकटमा परेको छ । कथित संघिय लोकतान्त्रिक गणतन्त्रको नाममा ०७२ सालमा घोषणा गरिएको संविधान र वर्तमान दलाल पुँजिवादी संसदिय व्यवस्थाले नेपाली जनता र नेपाल राष्ट्रलाई एकपछि अर्को पराधिनता, संकट, अभाव, गरिवि, असमानता एवं असफलता तिर धकेलिरहेको छ ।

जनतानै शासन व्यवस्थाको मालिक हुनुपर्नेमा अहिले नेपालको राज्य व्यवस्था दलाल पुँजिपति वर्गको हातमा गएको छ । राज्य सत्ता दलाल पुँजिवादका सेकवहरुको लागी देशलाई लुट्न वेरोकटोक ढंगले प्रयोग गरिएको छ । जनताको सामान्य जनजिविका पनि अभावग्रस्त र असहज वनिरहेको छ । गास, वास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारी, संचार, यातायात जस्ता विषयहरु दलाल पुँजिपतिहरुको नियन्त्रणमा गएका छन र यी जनजीवनसंग सम्वेदनशिल ढंगले जोडिएका विषयहरुलाई नितान्त नाफा र व्यापारको विषय वनाईएको छ । नेपालको राष्ट्रियता ईतिहासमै गंभिर संकटको अवस्थामा पुगेको छ । विदेशिहरुको हस्तक्षेत नितै तल्लो तहसम्म पुगेको छ ।

सिमा अतिक्रमण तथा राजनैतिक एवं कुटनैतिक हस्तक्षेपका नयाँ किर्तिमानहरु बनेका छन् । जनताका नैसर्गिक अधिकारहरुको हरण गरिएको छ भने दलाल संसदवादी शासकहरु आफ्ना विदेशी मालिकहरुका अगाडी निर्लज तरिकाले आत्मसमर्पण गर्दै उनिहरुकै योजना, चाहना र निर्देशनमा जनघाति र राष्ट्रघाती राजनैतिक, आर्थिक, शैक्षिक, कुटनैतिक हर्कतहरु गरिरहेका छन । देश र जनताको जीवनमा आएको यो संकटग्रस्त र असहज परिस्थितिमा क्रान्तिकारी र देशभक्त विधार्थी र युवाहरुको हाम्रो संगठन अखिल (क्रान्तिकारी) को कार्यभार पनि ऐतिहासिक र निकै महत्वपुर्ण हुन गएको छ ।


यसलाई मुख्यत दुई वटा विषयमा संस्लेशण गर्न सकिन्छ ।
१) वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्ने कार्यभार
पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तार सुरु भएपछिको आधुनिक नेपालको ईतिहास विशेषगरी चार किसिमका शासन शासन व्यवस्थाहरु नेपालमा चलेका छन ।
क) शाह वंशिय राजतन्त्रात्मक शासन व्यवस्था, (२३८ वर्ष) ( विस १७४३ देखि १९०३ सम्म र २००७ देखि २०६३ सम्म (प्रत्यक्ष÷अप्रत्यक्ष) ।
ख) राणा शासन, विस १९०३ देखि २००७ सम्म (१०४ वर्ष), यस व्यवस्थामा देशका मुख्य राजनैतिक र प्रशासनिक पदहरुमा निश्चित राणा परिवारका मानिसहरु हुन्थे । जनतालाई आधारभुत मौलिक अधिकार पनि प्रदान गरिएको थिएन । राणाहरुले जे वोल्यो त्यहि कानुन वन्थ्यो ।
ग) राजसंस्था नियन्त्रित पंचायती शासन व्यवस्था, विस २०१७ देखि २०४७ सम्म (३० वर्ष)
घ) संसदीय व्यवस्था, विस २००७ देखि २०१७ सम्म र २०४७ देखि २०७७ हाल सम्म (४० वर्ष) ।


यी सवै व्यवस्थाहरुले नेपाली जनताको स्वतन्त्रता, न्याय, मुक्ती, न्याय, समानता र संवृद्धिको आकांक्षालाई पुरा गरेनन् परन्तु यिनीहरुले जनतामाथि भिषण दमन, अन्याय, अत्याचार, राष्ट्रघात गरे र जनताको जिवनलाई नर्कमा परिणत गरे । अहिलेको दलाल पुँजीवादी संसदिय व्यवस्था पनि एकपटक फेरि नेपाली राजनितिमा असफल र जनविरोधि सावित भएको छ । नेपाली जनतामाथी ४० वर्ष शासन गर्ने अवसर पाएको यो व्यवस्थाले ७५ लाख (भारत वाहेक) भन्दा वढी नेपाली युवा युवतीहरुलाई संसारका पुँजिवादी देशहरुमा सस्तो मुल्यमा श्रम वेच्ने आधुनिक दासमा परिणत गरेको छ । दैनिक दुई हजारको संख्यामा नेपाली युवाहरुलाई विदेशमा श्रम गर्न पठाएको छ भने दैनिक ३ वटा लासका वाकसहरु नेपाल भित्रिने अवस्थामा देशलाई पुर्याएको छ ।

प्राकृतिक साधन स्रोत र मानविय संसाधनमा धनी हाम्रो देश नेपाललाई एसियाको दोस्रो गरिव, परनिर्भर, पछौटे देशको रुपमा दर्ज गराएको छ । करिव ७० प्रतिशत जनता कृषि पेशामा भएको हाम्रो देशमा अधिकांस गुणस्तरहिन खाध्यानका सामाग्रीहरु विदेशवाट आयात गरिएको छ । महिला दलित, मधेषी, पिछडिएको क्षेत्र, आदिवासी जनजातिहरु माथी चरम अन्याय, दमन, विभेद र उत्पिडनको स्थितिमा राखेको छ । देशलाई पुर्णतया परनिर्भर वनाएको छ । अर्थतन्त्र विदेशी वहुराष्ट्रिय पुँजिको नियन्त्रण र निर्देशनमा चलेको छ । व्यापार घाटा देशको जम्मा राजस्व भन्दा वढी रहेको छ । वैदेशिक रिणले सिमा नाधेको छ । नेपालका मुख्य वित्तिय संस्था र राष्ट्रिय वैकहरु निश्चित स्वदेशी विदेशी दलाल पुँजिवादी घरानाको पुर्ण नियन्त्रणमा परेका छन् । देश चरम भ्रष्टाचारको खालमा ढुवेको छ । राज्यका साधान सा्रेत र उघोग धन्दाहरुलाई कवाडीको मुल्यमा वेचेर खाएको छ ।

शिक्षा, स्वास्थ्य, संचार, यातायात जस्ता जनजिवनसंग अभिन्न रुपले जोडीएका विषयलाई दलाल पुँजिपतिहरुको हातमा सुम्पिएको छ । जनताको जिवनलाई अविकसित, पछौटे र समस्याग्रसत वनाएको छ । नेपाली युवाहरुलाई संसारभर सस्तो मुल्यमा श्रम वेच्ने आधुनिक दासहरुमा परिणत गरेको छ । २०१७ सालमा विपी कोईरालाको नेतृत्वमा कांग्रेसले ल्याएको दुईतिहाइ देखि २०७४ मा केपीको नेतृत्वको पार्टीले पाएको दुईतिहाईको चरम असफलता सम्म आँउदा संसदीय व्यवस्था नै समस्याहरुको मुख्य जडको रुपमा रहेको विषय दिनको घामझैँ छर्लङ्गै भएको छ ।
नेपालको क्रान्तिकारी विधार्थी आन्दोलन ईतिहास देखि नै राजनैतिक र शैक्षिक आन्दोलनको रुपमा रहँदै आएको छ ।

राणा शासनको वेला होस या पंचायतको वेला होस या जनयुद्धको अवधिको विद्यार्थी आन्दोलन होस । तत् समयका आन्दोलनहरु मुलत राज्य व्यवस्था परिवर्तन र शैक्षिक प्रणालीमा आमुल परिवर्तनका आन्दोलनहरु थिए । अहिले पनि नवउदारवादको स्थानिय प्रतिनिधि दलाल पुँजिवाद र यसले खडा गरेको जनविरोधि र राष्ट्रघाती दलाल पुँजिवादी संसदीय राजनैतिक व्यवस्थाको विरुद्धको संघर्र्ष नै विधार्थी आन्दोलनको मुख्य कार्यभारको रुपमा रहेको छ । दलाल पुँजिवादी संसदीय व्यवस्थाको अन्त्य गरि नेपाली श्रमजिवी जनता, मजदुर, किसान, मध्यमवर्ग, जाती÷जनजाती, उत्पीडित क्षेत्र, प्रगतिशिल लोकतन्त्रवादी एव राष्ट्रवादी, देशभक्त तथा राष्ट्रिय पुँजिपतिहरुको एकतावद्ध संघर्षद्धारा वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापनाको आन्दोलनलाई शसक्त पार्नु अखिल (क्रान्तिकारी) को प्रमख कार्यभार हो ।


२) वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापना गर्ने कार्यभार
नेपालमा शिक्षा जनसाधारणको पहँुभन्दा वाहिर छ र ज्ञान वर्गिक विशेषाधिकार नै बन्न पुगेको छ । नेपालको शिक्षा प्रणाली अव्यावहारिक, परनिर्भर, साम्राज्यवादी हस्तक्षेप सहितको छ । नेपालमा कस्तो शिक्षा निति लागु गर्ने भन्ने विषय नेपाली जनताले नभई विदेशी साम्राज्यवादी वित्तिय संस्थाहरु र देशहरुले निमार्ण गर्ने गरेका छन । नेपालमा अवैज्ञानिक र अव्यवहारिक एव्ां विभेदकारी द्धैत शिक्षा प्रणाली लागु गरिएको छ र विद्यालय जिवनवाटै समाजमा दुई वटा वर्गका मानिसहरुको जन्म गराईएको छ ।

धनि ले पढ्ने र गरिवले पढ्ने फरक फरक विधालयहरु वनाईएको छ । विद्यालयहरुलाई क, ख, ग, घ लगायतका श्रेणीहरुमा विभाजन गरिएको छ र मासिक लाखाँै रुपैया तिर्ने निजि विद्यालय देखि गुणस्तर हिन र अत्यन्तै कमजोर भौतिक र शैक्षिक क्षमता भएका सार्वजनिक शिक्षालयहरु सम्म संचालनमा रहेका छन । नेपाली विद्यार्थीहरुको भविश्यलाई अहिलेको शिक्षा प्रणालीले संकटग्रस्त बनाएको छ । संविधानमा निशुल्क र अनिवार्य शिक्षाको व्यवस्था भएपनि त्यो संविधान नामको कागजमा मृत अक्षरमा रुपमा मात्रै रहेको छ । हाम्रा विश्वविद्यालयहरुमा नेपालमा चाहिँने जनशक्ति होईन साम्राज्यवादी एव पुँजिवादी देशहरुमा कस्ता कामदारहरु चाहिन्छन भनेर निमार्ण गरिएका पाठयक्रमहरु पढाइन्छ ।

विद्यार्थीहरुवाट चर्को शुल्क असुल्ने र उनिहरुलाई निर्जिव मेसिनहरुजस्तै आज्ञाकारी नोकरहरु वनाउने शिक्षा प्रणाली नेपालमा रहेको छ । शैक्षिक वेरोजगारहरुको जमात निमार्ण गर्ने यो शिक्षा प्रणालीले नेपाली युवाहरुलाई अध्यात्मवादी, व्यक्तिवादी, उपभोक्तावादी, परनिर्भर र सिप एवं श्रम गर्ने क्षमता र चेतना विहिन बनाएको छ । स्वास्थ्य, ईन्जिनियरिङ लगायतका विषयहरुको अध्ययनवाट त ९० प्रतिशत भन्दा वढी विधार्थीहरु जन्मिने विक्तिकै आर्थिक अवस्थाका वन्चित हुनुपर्ने अवस्था छ । विद्यालयमा यस्तो शिक्षा दिईन्छ जो खेलौनाको घोडा जस्तो छ । अव्यवहारिक प्रतिसपर्धाको दौडमा लगाईन्छ ।

शिक्षालयहरुले विद्यार्थीहरुलाई वुर्जुवा नैतिकतामा सिपालु वनाउने, वर्गिय चेतनाबाट विमुख राख्ने र उनिहरुलाई सजिलैसंग शासन गर्न सकिने भिडमा परिणत गरिरहेका छन । शिक्षामा चर्को व्यापार र दलाली भईरहेको छ । व्यापारिहरु उधोगहरु खोल्न छाडेर शिक्षालयहरु खोलिरहेका छन तर शिक्षाको जिम्मा लिएको राज्य भने निर्लज्ज रुपमा मुख दर्शक वनिरहेको छ । तसर्थ वर्तमान शिक्षा प्रणालीको पुर्ण अन्त्य र नेपाली विद्यार्थी र नेपाल राष्ट्रको विकास र संवृद्धिलाई केन्द«्रमा राखेर निमार्ण हुने वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापनाको लागी जीवनमरणको संघर्ष गर्नु अखिल (क्रान्तिकारी) को दोस्रो केन्द्रीय कार्यभार हुन गएको छ ।

वैज्ञानिक समाजवादी शिक्षाका विशेषताहरु
क) वर्गिय पक्षधरता
नयाँ शिक्षा प्रणाली पुरानो शिक्षा प्रणालीमाथिको विजयी हो । यसले सर्वहारा श्रमजिवीहरुलाई मात्र भलाई गर्दैन त्यसले सम्पूर्ण मानवजातिकै भलाई गर्छ । यो शिक्षाले श्रमजिवी वर्गको विचार र व्यवहारको पक्षपोषण गर्दछ ।
ख) विचारधारात्मक स्पष्टता
विधार्थीहरुमा विचारधारात्मक स्पष्टता दिलाउनु वैज्ञानिक समाजवादी शिक्षाको एक उदेश्य हो । उनिहरुमा आलोचनात्मक चेत र विश्वदृष्टिकोणको विकास गर्ने उचित समय र उमेर विधार्थीकाल भएकाले यसमा विशेष ध्यान दिनुपर्दछ ।
ग) समानता
समानता वैज्ञानिक समाजवादी शिक्षाको मुलभुत सिद्धान्त हो । जस्तो सुकै आर्थिक हैसियत भएको वालवालिकाले पनि समान शैक्षिक अवसर पाउनु पर्छ । मानसिक श्रम जो एक वर्गमा मात्र विषेषाधिकार स्वरुप रहेको छ, त्यसलाई श्रमजिवी वर्गमा प्रवेश गराउनु पर्छ । शिक्षाका सवै तहमा समान योग्यतावाला विद्यार्थीहरुलाई समान अधिकारको व्यवस्था गर्नुपर्दछ ।
घ) निशुल्क (राज्यद्धारा व्यवस्थापन गरिएको)
समाजवादी समाजमा शिक्षाको सम्पुर्ण व्यवस्थापनको जिम्मा राज्यको हुन्छ ।
ङ) वैज्ञानिक, प्राविधिक, अनुसंधानात्मक
भौतिक विज्ञान, रसायनशास्त्र, प्रकृति विज्ञान र समाजविज्ञानका सवै विषयहरुमा शिक्षा दिनुपर्दछ । प्रकृतिविज्ञानलाई कुनै प्रकारको रहस्यवादको सिकार हुन नदिएर प्रकृति विज्ञानलाई विशुद्ध भौतिकवादको रुपमा सिकाउनु पर्छ ।
च) श्रमसंग जोडिएको÷उत्पादक श्रमको विकास गर्ने
विधार्थीहरुलाई भविष्यमा मात्र होईन वर्तमानमा पनि काम लाग्ने र श्रमसंग जोडिने शिक्षा दिनुपर्छ । उत्पादक श्रमसंग जोडिएको विद्यालय जिवन र वास्तविकतासंग गाँसिएको हुन्छ ।
छ) अन्तराष्ट्रियवादी विश्व दृष्टिकोणको निमार्ण
विश्वभरिका घटना र विषयहरुलाई विश्लेषण गर्न सक्ने क्षमता र चेतको विकास गराईनु पर्दछ ।
ज) जिवन उपयोगी
वैज्ञानिक समाजवादी शिक्षा जिवन उपयोगी हुनेछ । पढिसकेपछि विद्यार्थीले सिकेको सिपलाई प्रयोग गरि उत्पादनका काममा सहज रुपमा जोडिन सक्दछन ।
झ) गुणस्तरिय
वैज्ञानिक समाजवादी शिक्षा गुणस्तरिय हुनेछ । संसारका कुनैपनि ठाँउ र विषयमा प्रतिस्पर्दा गर्न सक्ने प्रकारको शिक्षा प्रदान गरिनेछ ।
ञ) व्यवहारिक
यो शिक्षा व्यवहारसंग जोडिएको हुनेछ । वैकल्पीक सिकाईका माध्यामहरुको प्रयोग गरिनेछ । कम्तिमा तिन वटा भाषाहरुमा विद्यार्थीहरुलाई पोख्त वनाईनु पर्दछ । मातृ भाषा, संचारको भाषा र अन्तराष्ट्रिय भाषा विद्यार्थीहरुलाई सिकाईनुपर्दछ ।
ट) माटो सुहाँउदो
यस्तो पाठ्यसामाग्री होस जुन हाम्रो देशको यर्थार्थमा आधारित होस र जसको उदेख्य मौखिक र दृष्यउपकरणको सहायताले गहिरो खाडल पुर्ने होस । नेपालकोे प्राकृतिक साधनस्रोत र मानवसंसाधनलाई जोडने शिक्षा वैज्ञानिक समाजवादी शिक्षा प्रणाली हुनेछ । ।
ठ) सामाजिक आचारण निमार्ण गर्ने÷विधालय र समाजलाई जोड्ने
विधालयहरुमा विधार्थीहरुको व्यक्तित्वले फस्टाउन पाउने वातावरण हुनपर्छ । यस्ता संस्थाहरु फौजी व्यारेक जस्तो हुनु हुदैन । उनिहरुलाई मानवसमाजको आधार श्रम हो भन्ने सिकाउनुपर्छ र शृजनशिल उत्पादक श्रममा रमाउन सिकाउनुपर्छ । उनिहरुलाई सामुहिक स्वरुपको काम सिकाउनु पर्छ ।
ड) अनिवार्य, सर्वसुलभ र सवैको पहुँचमा
वैज्ञानिक समाजवादीक शिक्षाले सामुहिक भावनाको विकास गर्छ । कामलाई प्रेम गर्नु यसको मुख्य गुण हो । यसले समाजवादी देशभक्तिको भावनालाई बढाउछ । उत्पादनको काम मार्फत नै मानिसहरुले प्रकृति र समाजलाई चिन्छन मात्रै होईन त्यसलाई पुन निमार्ण गर्दछ । अहिलको शिक्षा प्रणालीमा मालिकहरुलाई केवल काम गर्ने दक्ष हातहरुको मात्रै आवश्यकता पर्छ तर समावजादी राज्य व्यवस्थामा श्रमिकहरु कारखाना र उत्पादनका मालिक हुन्छन । सवैले समान अवसर पाउने विषयको जिम्मा राज्यको हुन्छ । उच्च शिक्षा सम्म अनिवार्य र निशुल्क हुनुपर्दछ र शैक्षिक संस्था छात्रावास, पाठ्यपुस्तक लगायत सवै विषयको जिम्मा राज्यले गनुपर्दछ ।


वैज्ञानिक समाजवादी शिक्षाको उदेश्य विद्यार्थीहरुलाई क्रान्तिकारी, मेहनेति र कम्युनिष्ट वनाउनु, जो स्वतन्त्र र सिर्जनात्मक होस । यसको लगाम श्रमजिवि वर्गसंग हुनुपर्दछ । यस्तो मानिसको विकास होस जो सामाजिक काममा सचेत रुपमा संगठित होस, समग्र विश्वदृष्टिकोण होस, आफ्नो र समाजको अभावग्रस्त जीवनको कारण वुझ्न सकोस, जो सवै शारिरिक र मानसिक श्रम गर्न तयार होस ।

तसर्थ हाम्रो देशमा असफल सिद्ध विद्यमान जनविरोधी र राष्ट्रघाति दलाल पुँजिवादी संसदिय व्यवस्थाको अन्त्य र नेपाली जनताको वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्नु तथा वर्तमान अवैज्ञानिक र विभेदकारी शिक्षा प्रणालीको अन्त्य गरि वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापना गर्ने दुई कार्यभारहरुलाई पुरा गर्न जिवनमरणको संघर्षमा होमिनु नै अहिले अखिल (क्रान्तिकारी) को ऐतिहासिक जिम्मेवारी बनेको छ ।

You can share this post!