क्रान्तिका निम्ति हाम्राे कार्यभार

– कुमार क्षेत्री

एकठाउँमा त कमरेड फिडेल क्यास्ट्रोले भन्नुभएको छ- ‘सच्चा क्रान्तिकारीहरु कुनै सम्मान वा प्रतिष्ठाका लागि लड्दैनन्। न त कुनै इतिहासमा ठाउँ पाउनका लागी नै यस्तो गर्छन्।’ महान कमरेड क्यास्ट्रोको उक्त महत्वपूर्ण भनाईलाई मन मस्तिष्कमा राखेर व्यवहारिकतामा कार्यन्वयन गर्नु हामि पछिल्ला सबै क्रान्तिकारी शक्तिहरुको लागी महत्वपुर्ण कडि बनेको छ।

सच्चा कम्युनिष्ट क्रान्तिकारी विचारधारा लिएर वर्गसंघर्ष र वर्गउन्मुक्तिको बाटोमा कटिबद्ध रहि कुशलतापूर्वक डटिरहेका हरेक क्रान्तिकारी शक्तिहरुले कुनै सिमित स्वार्थ धन दौलत र सुख विलासको अभिलाषा लिएर क्रान्तिको बाटोबाट बिचलित हुन कदाचित सक्दैनन्। हामि कुनै पद प्रतिष्ठा र सत्ताका भोगी होइनौ। न त कुनै जनताको नाममा आफ्नो इमान कमाउने व्यर्थ सोचका मालिक र सष्ट्रा हौ । हामि सर्वहारा वर्गको उत्थानको साझा पक्षधर हौ।

केहि संसदवादी दलका जल्लाद भरौटे नमुनाहरुले सोच्दा होलान वर्तमान विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता सिमित स्वार्थ र इतिहासमा स्वार्थपुर्ण ठाउ वा स्थान पाउन क्रान्ति र विद्रोहको आवाज उठाउदै वर्गसंघर्ष गरिरहेका छन् । स्मरण रहोस् हामि तिनिहरुले सोचे र भनेजस्तो सिमित स्वार्थ र इतिहासमा कुनै ठाउँ र स्थान पाउन क्रान्तिको विशाल मसाल उठाएर वर्ग सङ्घर्षको यो मैदानमा आएका होइनौ ।

हामि एक वर्गविहिन समतामुलक सभ्य समाज, एक दिगो विकास र आर्थिक समृद्धि सहितको आमुल परिवर्तन चाहन्छौ । हामि शान्ति उल्लङ्घन गर्ने शान्ति विरोधी होइनौं नत विकाश विरोधी नै! हामि दिगो शान्ति र सभ्य समाज चाहन्छौं । हामि जनताको प्रत्यक्ष हित र समान प्रतिनिधित्व गर्ने दिगो विकास चाहन्छौ । जहाँ एकअर्काप्रति हेर्ने दृष्टिकोण र गर्ने व्यवहार सकारात्मक हुन्छ ।

जहाँ जनता सरकारको प्रतिनिधित्व गर्छन अनि नेता आम जनता हुनेछन्। जहाँ मानव मानवविच कुनै विभेद र भेदभाव हुनेछैन् । हामि जनताको मुक्ति र देशको स्वतन्त्रताको खातिर मृत्युपत्रमा वलिदानीको हस्ताक्षर गरेर आएका क्रान्तिकारी हौ ।

You can share this post!