सभामुख सापकोटाविरुद्धको मुद्धा संवैधानिक इजलासमा

काठमाडौ – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्धाको सुनुवाई संवैधानिक इजलासमा हुने भएको छ । लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेशी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको हो । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।

यसअघि पटक–पटक सुनुवाइको पेशी तोकिएको यो मुद्दा आज सर्वोच्च अदालतको नियमित पेशीमा राखिएको छ । नियमित पेशीमा चढे पनि त्यसमाथि अन्य धेरै मुद्धा भएकाले आज सुनुवाई हुने वा नहुने निश्चित छैन ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ सालमा अर्जुनकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले मुद्दा दर्ता गरेका थिए ।

You can share this post!