अखिल क्रान्तिकारी जाजरकाेटकाे २० अाैँ जिल्ला सम्मेलन सम्पन्न

जाजरकाेट – अखिल (क्रान्तिकारी) जाजरकोटको २०औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । दलाल पुजीवादी शिक्षा प्रणालीको विरुद्धमा हाम्रो आन्दोलन, सुदृढ सङ्गठन र बैज्ञानिक समाजबादी शिक्षा प्राप्तिका लागि २०औँ जिल्ला सम्मेलन ” भन्ने मुलनारा सहित जाजरकोट सदरमुकाम खलंगाम भव्यरुपमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अथिती अखिल (क्रान्तिकारी) केन्द्रिय सचिव सन्तोषी भट्टराई, बिशेष अथिती नेपाल कम्युनिस्ट पार्टी भेरी कर्णाली ब्युरो सदस्य धमिल, अथिती, नेपाल कम्युनिस्ट पार्टी जाजरकोट सेक्रेटरी महान, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य हर्क बहादुर बिक, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य प्रेम बहादुर शाही लगायत केन्द्रिय, ब्युरो, र जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको थियो । उद्घाटन समारोह खलंगाकै तल्लोथाप्लेमा सकिए लगत्तै जि. बि. स. हलमा बन्दसत्र चलेको थियो ।

सम्मेलन २०७८ बैशाख ६ गते सम्पन्न भएको थियो । जसले अध्यक्षमा बिराजन शाही, उपाध्यक्ष दिपेन्द्र सिंह, सचीव तिलक बिस्ट “शितल”, कोषाध्यक्ष भवानी मल्ल, सहसचिव मनिष चन्द लगायत ३३ सदस्यीय जिल्ला कमिटी निर्माण भएको हो । विभिन्न अनलाईनमा उपाध्यक्ष २ जना भनेर समाचार लेखिएपछि प्रेस-बिज्ञप्ती जारी गर्दै स्पष्ट पारेको छ । अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष बिराजन शाही भन्छन् हाम्रो सङ्गठन वर्तमान दलाल पुजीवादी शिक्षा प्रणालीको विकल्पमा बैज्ञानिक समाजबादी शिक्षा प्रणाली स्थापना गर्न संघर्षरत छ ।

शिक्षाको सम्पूर्ण दायित्व राज्यको हुनुपर्ने , बर्ग उत्पादन गर्ने शिक्षाको अन्त्य गरि समान , निशुल्क , बैज्ञानिक र सिपयुक्त शिक्षाको सर्बशुलभता र हरेक नागरिकका निम्ति अनिवार्य शिक्षाको आवश्यकता तथा उत्पादित दक्ष जनशक्तिको अनिवार्य रोजगारीको ग्यारेन्टी गर्ने शिक्षा प्रणाली स्थापना गर्नु हाम्रो सङ्गठनको मुख्य कार्यभार हो ।

You can share this post!