अखिल क्रान्तिकारी दैलेखकाे १२ अाैँ जिल्ला सम्मेलन सम्पन्न

दैलेख – अखिल (क्रान्तिकारी) दैलेखको १२ औ जिल्ला सम्मेलन अाज अाठबिस नगरपालिकाको वडानं1सात्तालामा सम्पन्न भएको छ। सम्मेलन उद्घाटन समारोहका प्रमुख अतिथि अखिल(क्रान्तीकारी)केन्दीय समिति सचिवालय सदस्य हर्क बिश्वकर्माले दलाल संसदीय ब्यवस्थाले मुलुकको शैक्षिक समस्याको समाधान दिन नसक्ने भएकाले बै‌ग्यानिक समाजवाद आबश्यक भएको कुरा बताउनुभएको छ।

नेकपा दैलेखका ईन्चार्ज कमरेड दिपेन्द्रले सरकारसँग ३ बुँदे सहमति भएपनि अाफुहरुले संसदीय ब्यवस्थालाई स्वीकार नगरेको र अहिलेको राजनितिक शँकटको समाधान संसदीय निर्वाचन र सरकार फेरबदल नहुने कुरा उल्लेख गर्दै यसका लागि पुँजीबादी ब्यबस्था र समाजबादी व्यबस्था बारे जनमत संग्रह गरिनुपर्ने कुरामा जोड गर्नु भयो।

कार्यक्रममा जिल्ला सेक्रेटरी दीपलामा, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य कमरेड प्रकाश, अखिल नेपाल महिला सँग (क्रान्तिकारी) दैलेखका अध्यक्ष कमरेड उशा, अखिल नेपाल किसान सँग(क्रान्तीकारी)दैलेखका सँयाेजक शँकेत, दलित मुक्ति मोर्चा नेपाल ‌नेपाल दैलेखका सचिव कमरेड सन्दीप, पार्टीका नेता कमरेड क्रान्ति अतिथि रहेको कार्यक्रमको अध्यक्षता कामरेड सुद्रसन,सँञ्चालन कमरेड लोकराज कार्की, स्वागत भाषण कमरेड महेन्द्रले गर्नु भएको थियो।

12औँ जिल्ला सम्मेलनबाट कमरेड सुद्रसन अध्यक्ष रहेको 15 सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ। ज्वाला शहिद स्मृति परिवारले जनबादी गीत, नृत्य प्रस्तुत गरेको थियो।

You can share this post!