मेहलमुडीमा नेकपाकाे जनसभा

कालिकाेट – नेकपा कालिकोट ले एरिया न २ को मेहेलमुडी गाउपालीकाको प्रङ्गणमा भब्य जनसभा सम्पन्न गरेको छ । एरिया न २ का सेक्रेटरी क दान ब बोहोराको सभापतित्व र भेक ब्युरो सदस्य क बिराट को प्रमुख अातिथ्यता अनेम संघ क्रान्तीकारी केन्द्रीय उपाध्यक्ष क धिरिन्दा उपाध्या भेक ब्युरो सदस्य एबं जिल्ला ईन्चार्ज क रणदिप जिल्ला सेक्रेटरी क शाहासी , क किरण क शान्ती लगायत का नेताहरुको अातिथ्यतामा सम्पन्न जनसभामा भेक ब्युरो जनकलाकार ले बेजोड प्रसतुती प्रस्तुत गरेको थियो ।

उक्त जनसभा लाई सम्बोधन गर्दी क बिराट ले सरकार बार्तामा ईमान्दार बन्नु पर्ने बताउदै जनता ले अस्युकार गरेको एमसिसि सम्झौता खारेज गर्नु पर्ने धारणा राख्दै जबरजस्त लाद्न खोजे देशमा ठूलो बिद्रो हुने बताउनु भयो । बक्ता धिरिन्दा उपाध्याले उत्पिडित जाती जनजाती महिला दलित हरुको पुर्ण मुक्तीका लागी बैज्ञानिक समाजबाद जरुरी भैसकेका ले बैज्ञानिक समाजवादमा सहयोग गर्न अपिल गर्नु भयो ।

साथै जिल्ला ईन्चार्ज क रणदिप ले प्रतिबन्द फिर्ता लिएपछी र जिल्लामा राजनितीक गतिबिधी तिब्ररुपमा अघि बढेपछी प्रतिगामी हरु ब्रबराएको ले स्वस्थ प्रतिस्पर्दामा अाउन र षडेन्त्र नगर्न चेतावनी दिनु भयो । उक्त कार्यक्रममा एमाअोवादी केन्द्र परित्याग गरि २४ जना ले नेकपा प्रबेश गरेका छन । भने स्थानिय हरुले विभिन्न सास्कृतीक कार्यक्रम संचालन गरेका थिए ।

You can share this post!