बिरजङ्गलाई अदालतको २१ दिने म्याद !

काठमाडाै – नेत्रविक्रम चन्द (विप्लव)का दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई विष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा बयानका लागि उपस्थित हुन अदालतले सूचना जारी गरेको छ । उनलाई जिल्ला अदालत रुपन्देहीले २१ दिनभित्र अदालतमा हाजिर हुन भनेको छ । ‘तोकिएको म्यादभित्र नआई म्याद गुजारी बसेमा कानून बमोजिम मुद्दा फैसला हुनेछ,’ जिल्ला अदालत रुपन्देहीले जारी गरेको सूचनामा लेखिएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढी घर भनिए पनि सो वतनमा उनी फेला नपरेपछि राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गरेर बयानका लागि बोलाइएको अदालतले जनाएको छ ।गत फागुन २१ गते सरकारसँग तीन बुँदे सहमति गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेकपा शान्तिपूर्ण राजनीतिमा आएको थियो । साथै सरकारले विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउँदै उसका नेता कार्यकर्ताहरुको रिहाइ र उनीहरुमाथि लागेका सबै मुद्दाहरु खारेज गर्ने सहमति जनाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा (बादल) र विप्लवले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । तर सहमति भएको महिना वित्दापनि सरकार सहमति प्रति इमानदार नभएको चाैतर्फि कुरा उठ्न थालेकाे छ । विप्लव नेकपाका स्थायी सदस्य हेमन्त प्रकाश वली पाेलिटब्युराे सदस्य भरत बम केन्द्रीय सदस्य माइला लामा लगायतका नेताहरु झुट्टा मुद्दा मा जेल जीवन बिताइरहेका छन ।

हेर्नुस जिल्ला अदालत रुुुुपन्देहीको म्याद 

You can share this post!