संसदीय सुनुवाई समितिमा हेरफेर

काठमाडाै – संसदीय समितिहरुको हेरफेर भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी केन्द्र र नेकपा एमाले ब्यूँताएपछि समितिमा पनि हेरफेर गरिएको छ । सोमबार सभामुख अग्नीप्रसाद सापकोटाले संसदीय समिति हेरफेरको सूचना पढेर सुनाएका थिए । कार्यव्यवस्था परामर्श समितिमा १४ जनाको नाम सार्वजनिक भएको छ ।

कार्यव्यवस्थामा उमाशंकर अरगरिया, कृष्णभक्त पोख्रेल, खगराज अधिकारी, जयपुरी घर्ती, दिलेन्द्र प्रसाद बडु, देवप्रसाद गुरुङ, पुष्पाभुाल गौतम, बालकृष्ण खाँड, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, लालबहादुर थापा, विशाल भट्टराई, शान्ता चौधरी र शेरबहादुर तामाङ रहेका छन् । साथै अर्थसमितिमा घनश्याम भुसाल, मोतीलाल दुगड र वर्षमान पुन रहेका छन् । त्यस्तै अन्तराष्ट्रिय सम्बन्ध समितिमा कृष्णबहादुर महरा र लिलादेवी सिटौला रहेका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रामेश्वर राय यादव, कृषिमा शक्तिबहादुर बस्नेत, महिलामा जानकी देवी राम र सुवर्ण ज्वारचन, राज्य व्यवस्थामा मोहन प्रसाद पाण्डे, विकास तथा प्रविधिमा बिना मगर, शिक्षामा गिरिराजमणि पोखरेल र योगेश कुमार भट्टराई, सार्वजनिक लेखामा गोकुल प्रसाद बाँस्काेटा, राज्य व्यवस्था तथा सुशासन समितिबाट अर्थ समितिमा बिनोद कुमार चौधरी, सार्वजनिक लेखाबाट अन्तराष्ट्रिय सम्बन्धमा पुष्पा कुमारी कर्ण कायस्थलगायत रहेका छन् ।

You can share this post!