पत्रकार महासंघ सुदूरपश्चिमका ५ जिल्लाको नतिजा

धनगढी – सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ५ जिल्लामा मत गणना सकिएको छ । गणना सकिएकमध्ये नेपाली कांग्रेस निकट प्रेस युनियनले ३ र एमाले निकट प्रेस चौतारीले २ जिल्लामा जित निकालेको छ ।कैलाली र कञ्चनपुरको अहिले बिहान ८ बजे देखि मतगणना गर्ने तयारी भइरहेको छ ।यस्तो छ सुदूरपश्चिम प्रदेशको ५ जिल्लाको अवस्था

दार्चुला

नेपाल पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा निर्मला शर्मा नेतृत्वको प्रेस चौतारी समूह सबै पदमा विजयी भएको छ ।अध्यक्षमा कृष्ण सिंह धामी, उपाध्यक्षमा सन्तोष सिंह कोट्टारी, महिला उपाध्यक्षमा, विमला भुजेल सचिवमा गगन सिंह विष्ट, सह सचिवमा लोकेन्द्र प्रसाद जोशी, समावेशी सह सचिवमा ईश्वरी बुढाथोकी, कोषाध्यक्ष राम सिंह धामी विजयी भएका छन् ।

खुला सदस्यहरूमा क्रमशः मान सिंह कुवर ,जनक राज भट्ट, श्याम सिंह सामन्त,उद्धव सिंह धामी ,रमेश सिंह खत्री,नीरज सिंह धामी विजयी भएका हुन् ।

अछाम

पत्रकार महासंघ अछामको अध्यक्षमा खम्मसिंह खत्री विजयी भएका छन् । दुई सदस्यबाहेक विपुल पोखरेल नेतृत्वको प्यानललै विजयी भएको हो । उपाध्यक्षमा गीता कुँवर र रमेश रावत विजयी भएका छन् भने सचिवमा पूर्णबहादुर खड्का विजयी भएका छन् ।

यस्तै सहसचिवमा भवराज भण्डारी, सहसचिव समावेशीमा सरिता खड्का विजयी भएका छन् भने कोषाध्यक्षमा भवानी प्रसाद भण्डारी विजयी भएका छन् ।सदस्यमा पवित्रा खड्का, सुशील बटाल, राकेश ताम्राकार, दिनेश केसी, सुवास अधिकारी, सागर देवकोटा र तारामान खड्का विजयी भएका छन् ।

डँडेल्धुरा

महासंघ डडेल्धुराका अध्यक्षमा हिक्मत सिंह विजयी भएका छन् । युनियनका बरुण पनेरुलाई हराउँदै सिंह बिजयी भएका हुन् । उपाध्यक्षमा गणेश रोका र निर्मला भट्ट सचिवमा पुष्कर भण्डारी , कोषाध्यक्षमा ललित बोहरा , सह सचिवमा भूपेन्द्र बिष्ट र प्रकाश पार्की निर्वाचित भएका हुन् ।सदस्यहरूमा क्रमशः टिकाराम साउद, हर्ष चन्द, आशिष मल्ल, भीम खत्री दीपक राज भट्ट, ममता भट्ट भक्त गाहामगर, विमल जैरु र भावना पौडेल विजयी भए ।

डोटी

डोटी जिल्ला शाखा अध्यक्षमा मोहन शाही निर्वाचित भएका छन् । उनी युनियनका हुन् । उपाध्यक्षमा अरुण बम र सुनिता रावल, सचिवमा पवन महारा, कोषाध्यक्षमा चक्र कुवर, सह सचिवमा चक्र मल्ल सरिता कठायत विजयी भएका छन् ।एकेन्द्र चन्द, टेक चन्द, नारायण दत्त पनेरु, लोकराज पाठक,विक्रम खड्का विजयी भएका छन् ।

बझाङ

बझाङको अध्यक्षमा शैलेन्द्र रोकाया विजयी भएका छन् । उनी पनि युनियनका हुन् । उपाध्यक्षमा सम्राट सिंह र बिना रोकाया, सचिवमा ललित सिंह, सुभाष कठायत सह–सचिव जोरेन्द्र खड्का, करुणा जोशी विजयी भएका छन् ।सदस्यहरूमा अशोक खड्का, विष्णु खड्का, उत्तम थापा, दीर्घ बोहरा, तीर्थ बोहरा, झलक सिंह बिजयी भए ।

You can share this post!