पत्रकार महासंघकाे मतगणना हुँदै

काठमाडौं – नेपाल पत्रकार महासंघको हिजो सम्पन्न निर्वाचनको मत परिणाम आज साँझसम्म आइसक्ने भएको छ। अधिकांश शाखामा बुधबार साँझदेखि नै मतगणना सुरु भइसकेको छ। थोरै मतदाता भएका कतिपय शाखाको मत परिणाम आइसकेको र कतिपय शाखाबाट आउने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ। 

पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एसोसियटमा हिजो बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो। यो पटक पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणालीबाट भएको थियो। पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा देशभरका झण्डै १३ हजार पत्रकारमध्ये ९२ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन्। 

तीन वर्षीय कार्यकाल रहने महासंघको नेतृत्वका लागि विभिन्न संगठनसँगको गठबन्धनमा विपुल पोखरेल नेतृत्वमा एउटा प्यानल र निर्मला शर्मा नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा होमिएका थिए। त्यस्तै गजेन्द्र सिंह बुढाथोकी पनि अध्यक्ष पदमा चुनाव लडेका थिए। जारी मतगणनामा अधिकांश क्षेत्रमा विपुल पोखरेल नेतृत्वको गठबन्धनलाई धेरै मत प्राप्त भएको देखिएको छ। 

You can share this post!