अछाम कारागारमा नेता पुन र बन्दीहरूबीच भेटवार्ता

धनगढी – अछाम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुनले जिल्ला कारागार अछाममा राजबन्दी कर्याकर्ताहरुलाई भेटघाट गरेका छन् । 

बुधवार विगत १८ महिना देखि जेल जीवन बिताइरहेका ५ जना आस्थाका बन्दीहरूलाई पुनले भेटघाट गरेका हुन् । राजबन्दीहरुलाई नेता पुनले नआत्तिन अनुरोध गरेका थिए ।उनले भने, ‘क्रान्तिले  मान्छेलाई बर्बाद पार्ने होइन, यसले मान्छेको क्षमता विकास संगै समाजलाई नयाँ आकार दिनेछ । जेल आफैमा विश्वविद्यालय हो यसले मानिसलाई खारेर संघर्षको मैदानमा स्पातिलो बनाएर लैजान्छ । हाम्रो संघर्ष र बलिदानी खेर जाँदैन हाम्रो योगदानले भावि पिँढीको भविष्य उज्ज्वल पार्नेछ । हामि नै यसको अन्त्यकर्ता हुनेछौ’ भन्दै विश्वस्त पारेका थिए । 

पुनले सरकार संगको सहमति अनुसार सबै नेताकार्यकर्ता रिहा हुने भन्दै चाँडै रिहाइ हुने विश्वास व्यक्त गरे । उनले रिहाइको प्रक्रिया अगाडि बढिसकेको र राजबन्दीहरुको समस्यामा पार्टीको ध्यान केन्द्रित भएको बताए ।

You can share this post!