दुल्लुमा नेकपाकाे जनसभा

दैलेख – नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज दुल्लु नगरपालिकाको मालिकामा जनसभा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज कमरेड दिपेन्द्रले सरकारले 3बुँदे सहमति कार्यान्वयनमा ईमान्दारीता नदेखाएको कुरा उल्लेख गर्दै रिहाई हुन बाँकी रहेका नेता कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण झुटा मुद्दा खारेज गर्न सरकारको ध्यानकर्षण गराएको बताउनुभयो।

जिल्ला सेक्रेटरी दीपलामा, अखिल (क्रान्तिकारी) दैलेखका अध्यक्ष कमरेड सुद्रसन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दैलेखका अध्यक्ष कमरेड उशा र जिल्ला कमिटी सदस्य कमरेड सँघ्रस अतिथि रहेको कार्यक्रमको अध्यक्षता कमरेड दुर्ग शाही,सँञ्चालन कामरेड क्रान्ति र स्वागत भाषण कमरेड दुर्लभले गर्नु भएको थियो। कार्यक्रममा ज्वाला शहिद स्मृति परिवारले जनबादी गीत तथा नृत्य प्रस्तुत गरेको थियो।

You can share this post!