अर्थतन्त्र लुट भयो

गजल

-नारायण रेग्मी “शुन्य मानव”

फुट भयो टुट भयो, राजनीतिमा छुट भयो

कोरोनालाई देखाएर, अर्थतन्त्र लुट भयो ।

सँगै यात्रा गर्ने कुरा, फेरि आज गुट भयो

मिठो सपना देखाएर, जनतालाई झुट भयो

धाग लगाउँथे दुई तिहाइको, दंभ आज फुट भयो

एउटै विचार नमिल्नाले, कम्युनिष्ट आज टुट भयो ।

मिठो वोल्ने चिल्लो घस्ने, जनतालाई झुट भयो

पानी जहाज विग्रिएर, अर्थतन्त्र लुट भयो ।

व्यापार छैन व्यापारीको, कर असुली लुट भयो

आफ्ना जति सवैलाई, सवै कुरा छुट भयो ।

You can share this post!