बसन्त हरियाली युवा क्लव द्वारा कैलालीको घोडाघोडीमा राहत वितरण

काठमाडाै –जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ६ राजीकुना, बसन्तामा एक कार्यक्रमका विच कोरोना संकक्रमण नियन्त्रण गर्न सरकारले जारी गरिएको निषेधआज्ञाले रोजगारी गुमेका गरिव विपन्न घर परिवारलाई राहत वितरण गरिएको जनाइएको छ ।

बसन्त हरियाली युवा क्लव रानीकुना, बसन्ता युवा क्लवले वडा भित्र रहेका अति विपन्न चार घर परिवारलाई राहत वितरण गरिएको क्लवका अध्यक्ष दिर्क सुनार, उपाध्यक्ष तथा सुदुरपश्चिमका चर्चित देउडा गायक संसार धामी र सचिव अर्जुन जैगडी ले जानकारी दिनु भएको छ । दिपावलीमा क्लववाट खेलिएको देउसी भैलोले संकलन भएको रकमवाट राहत वितरणमा प्रति परिवार १ कट्टा चामल, दाल ५ किलो, तेल ५ पोका, र नुन ५ किलो वितरण गरिएको छ ।

दिनरात नभनी तिहारमा देउसी खेलेर जम्मा गरेको रकमले पनि गरिव अनि विपन्न वर्गको सेवा गर्नु पर्छ भन्ने सोच नै ‘महान‘ कार्य हो।

क्लवका सम्पुर्ण सदस्य हरुलाई Kite Sansar को तर्फबाट बधाई तथा शुभकामना!

You can share this post!