पूर्ण ओलीका २ कथा सङ्ग्रह विमोचन

काठमाडाै – कथाकार पूर्ण ओलीद्वारा लिखित २ वटा कथा सङ्ग्रह जितौरी र यालमाया विमोचन गरिएको छ । भद्रकाली प्लाजास्थित राष्ट्रिय महिला आयोगको भवनमा सम्पन्न विमोचन कार्यक्रममा प्राज्ञ डा.देवी नेपालको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी कार्यक्रम साहित्यकार एवम् साझा प्रकाशन सञ्चालक समितिका सदस्य हरिप्रसाद भण्डारीको अध्यक्षता रहेको थियो 

उक्त कार्यक्रममा माओवादी नेता पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकर विशिष्ट अतिथिको रुपमा थिए भने विशेष अतिथिहरुमा पूर्व राज्यमन्त्री गोपालजीजङ शाह, पूर्व शहरी विकास मन्त्री मिठ्ठु मल्ल, राष्ट्रिय सभा सदस्य ठगेन्द्रप्रकाश पुरी, पूर्व एआइजी सुरेन्द्रबहादुर शाह, राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारी, महाप्रबन्धक ओपेन्द्र शर्मा, निबन्धकार युवराज नयाँघरे, समालोचक डा. रजनी ढकाल, साहित्यकार अश्विनी कोइराला, घोष्टराइटिङ नेपालका अध्यक्ष कमल ढकाल, साहित्यकार मनोहर लामिछाने, भुँडीपुराण प्रकाशनका सञ्चालक केशव पराजुली लगायत विभिन्न स्रस्टा तथा साहित्य अभिलाषीहरु उपस्थित थिए ।


कार्यक्रममा बोल्दै नेता जनार्दन शर्माले लेखकको चरित्रचित्रण गरे । उनले भने- पूर्णजी थोरै बोल्छन्, तर धेरै सोच्छन् । बाहिरबाट झट्ट देखिएका पूर्ण वास्तविक पूर्ण होइनन् । उनलाई भित्रैदेखि अध्ययन गर्नुपर्दछ । उनका रचनाहरु धेरै पढ्न सुन्न पाइएको र आफूले सामाजिक विसङ्गति विरुद्ध रचनाहरु सिर्जना गर्न सधैँ घचघच्याइरहेको बताए । यसैगरी अर्का गोपालजीजङ्ग शाहले लेखक पूर्ण ओलीको पारिवारिक पृष्ठभूमिको बारेमा बताएका थिए ।

You can share this post!