माअ‍ोवादी केन्द्र द्दारा दुई जना सांसदलाई कारबाही

काठमाडाै – माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका दुई जना सांसदलाई कारबराही गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा गएका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी (गुल्मी)लाई कारबाही गरेको पत्र पठाएका थिए । लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले माओवादी केन्द्रबाट सांसद न्यौपाने र पन्थीलाई कारबाही गरेको पत्र प्रदेश सभामा आएको जानकारी दिए ।

प्रदेशसभाको निमावली १९० अनुसार पत्र आएको र अब निमावली १९१ अनुसार सभामुखले प्रदेशसभामा जानकारी गराउने उनले बताए । अब उनीहरु सांसद पदबाट निलम्बित हुने भएका छन् । माओवादीका संसदीय दलका नेता वसन्त घर्तीले एकहप्ता बितिसक्दा पनि स्पष्टीकरणको जवाफ नदिएपछि पार्टीले कारवाही गरेको बताए । कूल ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका २० जना सांसद छन् ।

You can share this post!