मकवानपुर र चितवनमा जिल्ला तथा राष्ट्रिय सम्मेलनको भव्य तयारी

काठमाडाै – अखिल (क्रान्तिकारी) नारायणी ब्युरो संयोजक प्रकाश जप्रेल, अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान र अखिल (क्रान्तिकारी) चितवनका संयोजक रेम्बोर्जेको नेतृत्वमा मकवानपुर जिल्ला र चितवन जिल्लाका विभिन्न स्थानमा संगठनको  जिल्ला तथा राष्ट्रिय सम्मेलनको पूर्व तयारी स्वरूप वभिन्न कार्यक्रमहरु भइरहेका बताइएको छ । 

संगठनले अखिल (क्रान्तिकारी)का संगठनका सबै जिल्ला सदस्यहरूलाई सम्मेलनको तयारीका लागि आवश्यक सबै क्षेत्रमा परिचालन गरिरहेको बुझिएको छ ।

२३ औं जिल्ला सम्मेलन र २२ औं राष्ट्रिय सम्मेलनको तयारीकै क्रममा अखिल (क्रान्तिकारी) संगठनले मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडा उपमहानगरपालिका भित्रको लगभग ८०% विद्यालयमा पुगेर संगठन विस्तार गरेको छ । त्यस्तै गरि विद्यालयका भित्ताहरुका साथै अन्य सार्वजनिक भित्ताहरु संगठनका नाराहरुले सुसज्जित भएका छन् । संगठनले अब चाँडै नगर भित्रका सबै विद्यालय क्षेत्रहरू समेट्दै ग्रामीण भेगका सबै विद्यालय क्षेत्रहरुमा पनि संगठन विस्तारका साथै भित्तेलेखन कार्य सम्पन्न गर्ने कदम चालेको बताइएको छ ।

अखिल (क्रान्तिकारी) चितवनले पनि जिल्ला सम्मेलन तथा राष्ट्रिय सम्मेलनकै तयारीको क्रममा जिल्लाका विभिन्न विद्यालय क्षेत्रहरूमा संगठन विस्तारका साथै भित्तेलेखन कार्यमा तीव्रता दिइरहेको छ । केन्द्रले तोकेको समयभित्रै तयारीको सबै काम सकाउने प्रयत्नका साथ अखिल (क्रान्तिकारी) चितवन जुटिरहेको छ । त्यस्तै गरि दुबै जिल्लाका संगठनले नगरभित्रका विभिन्न क्याम्पसमा क्याम्पस भेला पनि गरिराखेको छ ।

जनताप्रति जिम्मेवारीसाथ आफ्नो दायित्व पूरा गर्ने र गराउने कार्यमा अखिल (क्रान्तिकारी) मकवानपुर र अखिल (क्रान्तिकारी) चितवन निरन्तर अघि बढिरहेको छ । पार्टी, संगठनले तय गरेको कार्यदिशा, गन्तव्यका साथै पार्टी, संगठनले उठाएका जनताका माग, मुद्दा  र एजेन्डाहरुको बारेमा शिक्षित वर्ग विद्यार्थी हुँदै आम नेपाली जनतालाई जानकारी गराउने, बुझाउने कार्यमा संगठन जुटेको छ । यसबाट आम जनता पार्टी र संगठनको कार्यदिशा, विचार, सिद्धान्त र गन्तव्य प्रती स्पष्ट हुने विश्वास संगठनले लिएको छ । जसको कारण भोलिका दिनमा “संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था“ भन्ने शिर्षकमा जनमतसंग्रह भयो भने जनता आफ्नो मत कुनमा, किन हाल्ने भनेर अन्यौलमा नपर्ने देखिन्छ ।

You can share this post!