युवा संगठन बन्दिपुर गाँपा भेलाबाट १९ सदस्यीय कमिटी चयन

काठमाडाै – युवा संगठन,नेपाल गण्डक ब्युरो अन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाको पालिका स्तरिय भेला कम्रेड रोहितको नेतित्वमा १९ सदस्यीय कमिटी चयन गर्दै भेला सम्पन्न भएको छ । उक्त कार्यक्रममा सोही जिल्लाका ईन्चार्ज कम्रेड निशान र युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा गण्डक र धौलागिरी ब्युरो ईन्चार्ज कम्रेड बिजयकुमार र युवा संगठन नेपालका केन्द्रीय सदस्य क.नेत्रको उपस्थिती रहेको थियो ।


उक्त भेलामा उपस्थित युवाहरुलाई आक्रोशित र सरल ढंगले प्रशिक्षित पार्दै संगठनका गण्डक र धौलागिरी ब्युरो ईन्चार्ज क. बिजयकुमारले भन्नू भयो “बर्तमान दलाल पुजीवादी संसदीय ब्यवस्थाले दक्ष युवा जनशक्तिलाई बिदेशका गल्लि गल्तीमा बस्तुको भाउमा बेचेर मरुभुमीमा मर्नु र बाच्नु बनाएर उनिहरुकै रगत पसिना मार्फत आर्जित रिमिट्यान्सलाई समेत दुरुपयोग गरेर दलालहरुले मुलुकमा रजाई गरिरहेको बताएका छन् । यो सबै क्राईसेस तोड्नको निमित्त सबै युवाहरु एकीकृत जनक्रान्तिको झन्डा मुनि गोलबन्द भएर एक चोटी गर्जिने बेला आएको बताएका छन् ।

उक्त कार्यक्रम मै सोही जिल्लाका ईन्चार्ज क.निशानले भन्नू भयो – “पटक पटक असफल शिद्द दलाल पुजीवादी संसदीय ब्यवस्थाको यो मुलुकमा खैरियत र भविश्य नभएको र यो ब्यवस्थालाई जरैबाट उखलेर युवाहरुको भाग्य र भविश्य निर्धारण गर्ने एड्भान्स खालको ब्यवस्था बैज्ञानिक समाजबाद स्थापनाको बिकल्प नरहेको बताउदै कार्यक्रमको समापन सोही जिल्लाका जिल्ला सयोजक क. दृष्टिले गर्नु भएको थियो ।

You can share this post!