Script Writing Competition को नतिजा सार्वजनिक

१७ चैत्र, २०७७ । जिपलाइन मिडिया नेटवर्कले आयोजना गरेको “KEY OF LIFE Script Writing Competition” को नतिजा सार्वजनिक भएको छ । यो प्रतियोगिता गत जनवरीमा सामाजिक संजाल मार्फत गराइएको थियो । सामेल भएका ५१ लेखकका कथाहरुलाई सुक्ष्म अध्ययन गर्दा शूुन्य मानवको “मुक्ति” शीर्षकले प्रथम स्थान हाँसिल गर्दा विभुशिलाको “कर्तव्य” शीर्षकले द्वितिय स्थान प्राप्त गरेको छ भने शम्भुराज घिमिरेको “माया” शीर्षकको कथाले तृतिय स्थान हाँसिल गरेको छ ।

त्यसैगरि अन्य ८ वटा लेखकका कथाहरुले शान्तोना स्थानमा आउन सफल भइका छन । शान्तोना स्थान हाँसिल गर्नेहरुमा उत्सव तिवारी “सम्वन्ध”, रविन्द्र अधिकारी “खोला किनाराको जिन्दगी”, प्रकृति भट्टराई समय”, एञ्जिला श्रेष्ठ “फर्केर हेर्दा”, केडिप आनन्द लाजती “एकादेशमा”, महेन्द्र जुनिएर “जिन्दगीको गोरेटो”, पेमा ल्हमु शेर्पा “सपनाहरु”, दिपक घिमिरे “पर सरेको म” र टोपेन्द्र ढकाल “जीतेको हार” रहेका छन् ।

उक्त प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय ले क्रमश १० दश हजार, ८ हजार, ५ हजार र प्रमाण पत्र प्राप्त गर्ने छन भने शान्तोना स्थान हाँसिल गर्ने ८ जना लेखकहरुले ५०० को मोवाइल रिचार्ज र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

पुरस्कृत कथाहरु क्रमश Key of Life YouTube Channel मा Short Movie वने पश्चात रिलिज हुनेछन् ।

Kite Sansar को तर्फबाट विजेतालाइ बधाई ।।

You can share this post!