ट्रयाकटरले कुल्चेर महिलाको ज्यान गयो

धनगढी – अछाम जिल्लाको कमलबजार नगरपालिकामा एक जना महिलाको ज्यान गएको छ। नगरको वडा नं ८ जुन्नासैन भन्ने ठाँउमा ट्रयाकटरले कुल्चेर महिलाको ज्यान गएको हो । से १ त ८३३९ नम्बरको ट्रयाकटरले कुल्चेर कमलबजार नगरपालिका वडा नं १० लाची बस्ने ३२ बर्षीया नम्रता देउबाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्रयाकटरले कुल्चेर गम्भीर घाईते देउबालाई कमलबजार अस्पतालबाट जिल्ला अस्पताल मंगलसेन लैजादै गर्दा बाटोमै ज्यान गएको मृतकका देवर तुलाराम देउबाले जानकारी दिए । थप अनुसन्धानका लागी ट्रयाकटर चालक कमलबजार नगरपालिका वडा नं ९ मष्टाबण्डाली निबासी ललित रावत र ट्रयाकटर ईलाका प्रशासन कार्यालय कमलबजारको नियन्त्रणमा रहेको प्रहरी (ईन्सपेक्टर) निरिक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए । मृतक नम्रताका ३ छोरा र १ छोरी रहेका छन् 

You can share this post!