ग्लाेबल एजुकेसन कलेज,काठमाडौं ताेडफाेड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले विद्यार्थीहरुका आधारभुत अावश्यकताहरुलाई बेवास्ता गरेको भन्दै कलेजमा ताेडफाेड गरेको छ । कलेजकाे हास्टेल ब्लक,रिसेप्सन,प्रशासन शाखा,विवियस ब्लक, कलेजका सम्पूर्ण बाईक र सजाईएर राखेका गमलाहरु समेत ताेडफाेड भएको छ ।

उक्त संगठनकाे Ctevt उपत्यका जिल्ला समितिकाे अायाेजनमा प्रतिरोध कार्वाही गरेको उक्त संगठनकाे केन्द्रीय सदस्य तथा काठमाडौं र ललितपुर जिल्ला ईन्चार्ज मदन चन्दले बताउनु भएको छ । आफ्ना अधिकारका आवाज बोल्दा कलेज प्रसासन र प्रसासनका पाल्तु गुण्डाहरु द्वारा बिद्यार्थिहरुमाथि दुर्ब्यवहार गर्ने,चर्को शुल्क असुलि गर्ने, केहि बिकाउ संगठनका झोलेहरुलाई पाल्ने र बिद्यार्थिहरुकै बिरुद्धमा दमनमा उत्रने आदि जस्ता गतिविधि गरेको सामाखुसी स्थित एमिटि ग्लोबल एजुकेसन ( लर्डबुद्ध कलेज) मा विद्यार्थिहरुका उजुरिका आधारमा प्रतिरोध कार्वाहि भएको छ उहाँले बताउनु भयो ।

You can share this post!