जननेता विप्लव किसानको खेतमा गहुँ काट्दै

काठमाडाै – नेकपाका महासचिव विप्लवले किसानको खेतमा गएर गहुँ काट्नु भएको छ । कपिलवस्तुको शिवगढीमा स्थानीय जनताको खेतमा गएर गहुँ काटेका हुन् । महासचिव विप्लवसँगै केन्द्रीय सदस्यद्धय असल क्षेत्री र सविन पोखरेल पनि गहुँ काट्ने काममा सहभागि रहेको नारायणविक्रम चन्दले बताउनु भएको छ । 

महासचिव विप्लवले नेतादेखि पार्टी सदस्यसम्म अनिवार्य श्रम जोडिनुपर्ने बताउदै आउनु भएको छ । यसअघिदेखि नै नेकपाका नेता कार्यकर्ताहरु सामुहिक श्रममा जोडिदै आएका छन् । अहिले महासचिव विप्लव र केन्द्रीय नेताहरुसँगै कपिलवस्तुमा स्थानीय पार्टी नेता कार्यकर्ताहरु समेत खेतमा गएर गहुँ काट्ने श्रममा जोडिएका छन् । 

You can share this post!