युवा संगठन नेपाल मेचि काेसी व्युराेको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ – नेत्र विक्रम चन्द “विप्लव “नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल मेचीकाेसी ब्युरोको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ । सदिय ब्यवस्थाको असफलता र बैज्ञानिक समाजवाद स्थापना मा युवाहरुको भुमिका” बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको हो ।

कार्यक्रममा युवा संगठन नेपालका ब्युरो इन्चार्ज सुवास राई को अध्यक्षता रहेको थियोे भने नेकपाका युवा नेता एवम् , मेचिकाेसी ब्युरो सचिव सुमनसिंह पौडेल प्रमुख वक्ता रहेको उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी झापाका सचिव श्रीजंग माधवकुमार नेपाल निकट युवा संघका १ नं प्रदेश अध्यक्ष प्रर्त्युस राना बैज्ञानिक समाजबादि पार्टिका युवा नेता नयन लिम्बू क्रान्तिकारी माओबादिका जिल्ला नेता भिम लामा गोपाल खम्बु नेतृत्वको माकेका नेता अर्जुन लामा कर्णजित बुढाथोकि नेतृत्वको माकेका युवा संगठनका प्रदेश इन्चार्ज लुहार, नेकपा सुनसरी जिल्ला इन्चार्ज प्रविण मिश्र लगायतका बक्ताहरूले आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा अन्य राजनितीक दलका सहभागी नेताहरूले अब देशमा संसदीय व्यवस्था असफल भएको बताउँदै वैज्ञानिक समाजवाद स्थापनाका लागि युवाहरू एक हुनुको विकल्प नरहेको बताएका छन।कार्यक्रममा आफ्नो धारणा राख्दै उनिहरूले विभिन्न देशको उदाहरण दिँदै वैज्ञानिक समाजवाद नै अबकाे विकल्प रहेको र यसले नै देश र जनतालाई मुक्ति दिने समेत बताएका छन्,। कार्यक्रममा विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ताहरूकाे बाक्लो उपस्थिति रहेको थियोे ।

You can share this post!