सुदूरपश्चिम सरकार आफ्नै प्रहरी गठन गर्न कानूनकाे तयारीमा

धनगढी – सुदूरपश्चिम सरकारले प्रदेश प्रहरी सम्बन्धमा ब्यवस्था गर्न बनेकाे विधेक संसदमा पठाउने निर्णय गरेकाे छ ।आज बसेकाे मन्त्रीपरिषद् बैठकले प्रहरी गठन आदेश पास गर्दै संसदमा पठाउने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जानकारी दिए ।

चालु संसद अधिवेशनवाट याे अध्यादेश पास भए प्रदेश प्रहरी गठनकाे बाटो खुल्ने भएकाे छ । केन्द्रवाट समायाेजन हुने भएपनि याे विधेक पास भएपछि मात्रै कानूनीरुपमा सुदूरश्चिम सरकार आफ्नै प्रहरी गठन गर्नसक्ने छ । मुख्यमन्त्री कार्यालयका अनुसार आजकाे बैठकले प्रदेशमा युवा परिषद् गठन आदेश पनि स्वीकृत गरेकाे छ । यस्तै सुदूरपश्चिम प्रदेश प्रादेशिक आर्थिक कार्यविधि ऐन २०७४ लाई  केही संशाेधन गरिएकाे छ । यस्तै बैठकले बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यबस्थापन समिति गठन आदेश पनि पास भएकाे छ ।सम्बन्धित पाेस्टहरु

You can share this post!