विप्लव र किरणबीच भेटवार्ता

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र रणनीतिक संयुक्त मोर्चा अन्तर्गतको एक घटक नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणबीच आज मध्यान्ह भेटवार्ता भएको छ ।

भेटमा देशको बर्तमान स्थितिको बारेमा छलफल हुनुको साथै रणनीतिक संयुक्त मोर्चाको आगामी जिम्मेवारी र कार्यक्रमको बारेमा छलफल भएको बुझिएको छ। सो भेटमा रणनीतिक संयुक्त मोर्चाको नीतिगत र सैद्धान्तिक पक्षमा छलफल भएको बताइएको छ । यसैगरी सो भेटमा रणनीतिक संयुक्त मोर्चाको संरचना , नेतृत्व र नेतृत्व प्रणालीको बारेमा छलफल हुनुको साथै क्रान्तिकारी कम्युनिस्टहरुलाई एकीकरण र ध्रुविकरण गर्ने सवालमा समेत ब्यापक छलफल भएको र यसका निम्ति छिट्टै बैठक बसेर गृहकार्य अगाडी बढाउने सहमति भएको बुझिएको छ।

You can share this post!