कुमार पाैडेलका हत्यारालाइ कार्वाही गर्छाैँ – नेकपा

काठमााडाै – जनकपुर ब्युरोको महोत्तरी बर्दिबासमा नेकपाले विशाल जनसभा सम्पन्न गरेको छ । जनसभा नेकपाका केन्द्रीय नेताहरुले एकीकृत जनक्रान्तिका महान सहिद कुमार पौडेललगायत योद्धाहरुका हत्यारालाई कुनै हालतमा कारवाही गर्ने बताएका छन् । 

विशाल जनसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा वार्ता टोलीका सदस्य दीपक चलाउनेले कुमार पौडेल लगायत जनक्रान्तिका महान सहिदहरुको सपना पुरा गर्ने बताए । उनले पार्टी ३ बुँदे सहमतिमा प्रतिबद्ध रहेको भन्दै सरकारले आफ्नो नेता कार्यकर्ताहरुलाई जेल हिरासतबाट तत्काल रिहा गरेर सहमति कार्यान्वयन गर्नुपर्ने बताए । उनले वार्ता नेपाल सरकारसित भएपनि सम्पूर्ण जनसमुदायको सरोकारको बिषय भएको भन्दै जनताले पहलकदमी लिनुपर्ने बताए ।

नेकपाका केन्द्रीय सदस्य एवं जनकपुर व्युरो इन्चार्ज सन्देश पौडेलले क्रान्ति नरोकिएको बताउँदै नयाँ ढंगले क्रान्तिलाई संगठित गरी वैज्ञानिक समाजवाद प्राप्ति हुने बताए । इन्चार्ज पौडेलले कुमार पौडेलका सपनाहरु पुरा गरेरै छाड्ने समेत बताए । 

जनसभामा रणनीतिक संयुक्त मोर्चाका सदस्य तथा नेकपाका संयोजक ऋषि कट्टेल, नेकपा माओवादी केन्द्रका कर्णजित बुढा, मधेसी मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष देवनारायण यादव, अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य तथा जनकपूर ब्युरो संयोजक क. रेखा लगायतले बोलेका थिए ।

नेकपा जनकपुर ब्युरो सदस्य कमल सुस्लिङको सञ्चालन र नेकपा केन्द्रीय सदस्य तथा जनकपूर ब्युरो इन्चार्ज सन्देशको अध्यक्षता र ब्युरो सदस्य कमरेड पवनले स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।  

जनसभाको अवसरमा प्रचण्ड समूहका नेता एवं पूर्वसांसद रामकुमार पासवान सहित दर्जनौं कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । साथै कार्यक्रममा सामना परिवारको विशेष सांस्कृतिक प्रस्तुति रहेको थियो ।

You can share this post!