कोरियामा अध्ययनरत तथा जान चाहने विद्यार्थीका समस्या समाधानमा पहल गर्न आग्रह

काठमाडौं – कोरिया शैक्षिक परामर्श संघ नेपालले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । संघले दक्षिण कोरियामा अध्ययनरत तथा अध्ययन गर्न जान चाहने विद्यार्थीको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

काठमाडौंमा रहेको दक्षिण कोरियाली दुतावासले हालसम्म भिसा सम्वन्धी कुनै पनि काम शुरु नगरेको र अध्ययन गर्न जान चाहने र भिसाको पर्खाइमा रहेका विद्यार्थी गम्भिर समस्यामा परेको अध्यक्ष गणेश शर्माले जानकारी दिए । कोरियामा रहेका कलेजले डिसेम्वर २० र मार्च २०२१ गरि दुवै सेसनका भर्ना प्रकृया सम्पन्न गरि अनलाई कक्षा संचालन गरिरहेका छन् ।

भिसा प्रकृया रोकिदा कलेज भर्ना भएर अनलाइन अध्ययन गरिरहेका विद्यार्थीले बुझाएको रकम जोखिममा पर्ने सम्भावना रहेकाले विद्यार्थी तथा अभिभावक मानसिक समस्यामा रहेको बताइएको छ । यस सम्वन्धमा दुतावाससँग सम्पर्क गर्दा समाधान दिन नसकेको र गम्भिरतापुर्वक नलिएको अध्यक्ष शर्माले बताए ।

You can share this post!